
विराटनगर,१८असाेज: पाँचथरको कुम्मायक कार्तिकेस्थित तमोर करिडोरमा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।पाँचथरबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीले दुर्घटनामा ५ जनाको मृत्यु भएको बताए । उनकाअनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खस्दा थप ६जना घाइते भएकाेमा ती मध्ये ५ जनाकाे मृत्युु भएको हाे ।
घाइते १ जनालाई उपचारका लागि धरान फिदिम अस्पताल लगिएको डीआईजी कार्कीले बताए । मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन।
दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानअनुसार सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको अनुमान गरिएको छ।

