Madhes Khabar
काेशी प्रदेश

पाँचथर विस्फोट :एकैघरका २ बालबालिकाकाे मृत्युु (अपडेट)

सांकेतिक तस्बिर ।

पाँचथर,१४भदौ : पाँचथरको फालेलुङ गाँउपालिका ५ डाँडागाँउमा बिहीबार दिउँसो भएको बिस्फोटमा परी गम्भीर घाइते भएका एकैघरका दुई जना बालबालिकाको मृत्यु भएको छ। दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको हो।

दिप्सनको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा बिहीबारराती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। प्रिन्साको उपचारका लागि झापा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो भएको शक्तिशाली बिस्फोटमा परी चार बालबालिका घाइते भएका थिए। घाइतेमध्धे दिप्सन र प्रिन्साको अवस्था गम्भीर भएपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो। बिस्फोटबाट घाइते भएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राईको भने पाँचथर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था समान्य छ। घटनामा परि सामान्य घाइते भएका दीपक राईका ७ वर्षीय छोरा दिपसन राई भने स्थानीय प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन्।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले जानकारी दिए। घटनास्थलबाट शंखास्पद बस्तुसमेत प्रहरीले फेला पारेको छ। ‘होममेड ग्रिनेट’ विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

सुनसरीमा गोली हानी एक युवकको हत्या

MadhesKhabar

पुर्व राजा ज्ञानेन्द्रलाई सँगै राखेर दुर्गा प्रसाईंले सुरू गरे आफ्नै अभियान

MadhesKhabar

विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित सुनिश्चित

MadhesKhabar

Leave a Comment