Madhes Khabar
राष्ट्रिय

हेटौंडा भएर काठमाडौं जाने सडकमा ४ दिनका लागि राती आउजाउ गर्न रोक

फाइल तस्बिर ।

हेटौंडा,१६असाेज:मौसम पूर्वानुमान विभागका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई भाेलि(शुक्रबार)देखि चार दिनसम्म राती आवतजावत गर्न रोक लगाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचना अनुसार जल तथा मौसम विज्ञान विभागले गरेकाे मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राती आउजाउ गर्न रोक लगाइएको हो ।

त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रबारदेखि असाेज २० गते सम्म हरेकदिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा हुँदै कान्ति लोकपथबाट पनि उपत्यका प्रवेश गर्ने सवारी साधनलाई राति आउजाउ गर्न रोक लगाएको छ ।

सोमबार अर्थात् असोज २० गतेसम्म सवारी साधनलाई उक्त सडक मार्ग भएर राती आउजाउ गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । भारी वर्षा हुने सम्भावना रहेकाले धनजनको क्षति हुन नदिन राती सवारी साधन आउजाउ गर्न रोक लगाइएको प्रजिअ स्किम श्रेष्ठले बताइन् ।साभार:कान्तिपुर

Related posts

सरकारी कार्यालय आजदेखि दिउँसाे ४ बजेसम्म मात्र खुल्ने

MadhesKhabar

शेखर कोइराला भन्छन् –काँग्रेसले टिकट बेच्यो , कार्यकर्ताले पार्टी छाड्न थाले

MadhesKhabar

रक्सौल–काठमाडौं रेलमार्ग : लागत ३ खर्ब ८४ अर्ब, लगानी उठाउन २१ वर्ष लाग्ने

MadhesKhabar

Leave a Comment