Madhes Khabar
राष्ट्रिय

सरकारी कार्यालय आजदेखि दिउँसाे ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं,१६कार्तिक: देशभरका सबै सरकारी कार्यालय आज बिहीबारदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रबारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।

Related posts

ठाेरीबाट पर्सा निकुञ्जमा ल्याइएकाे नरभक्षी बाघकाे मृत्युु

MadhesKhabar

बारामा काँग्रेस कार्यकर्ताको कुटाइबाट जसपाका कार्यकर्ता गम्भिर घाइते

MadhesKhabar

हेटाैंडा-काठमाडौं जाेड्ने तीनवटै सडक सञ्चालनमा

MadhesKhabar

Leave a Comment