Madhes Khabar
राष्ट्रिय

हेटाैंडा-काठमाडौं जाेड्ने तीनवटै सडक सञ्चालनमा

काठमाडौं,२०असाेज:बाढीपहिरोका कारण क्षतिग्रस्त मकवानपुरकाे हेटाैंडा हुँदै काठमाडौं जोड्ने तीनवटै मार्ग सञ्चालनमा आएका छन्।

हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार साँझदेखि सञ्चालनमा आएका हुन्।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डको कुलेखानी बाँधनजिकैको खण्ड बाढीले बगाएपछि डाइभर्सन निर्माण गरी हेटौँडालाई काठमाडौँसँग जोड्ने तीनवटै छोटो दूरीको सडकबाट गाडी सञ्चालन गरिएको छ।

बाढीपहिरोले पुलसँगको पहुँच मार्ग बगाएर र कतिपय ठाउँमा सडकको नामोनिसान नरहने गरी तीनवटै सडक अवरुद्ध रहेकोमा एक सातापछि सञ्चालनमा आएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले जानकारी दिए।

आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मास्केले प्रदेश राजधानी र संघीय राजधानी जोड्ने प्रादेशिक मार्गहरूमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकोमा निरन्तरको प्रयासमा अस्थायी रूपमा सञ्चालनमा ल्याएको बताए।

‘डाइभर्सन निर्माण र सडकको तलबाट उठाएर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो’‚ मन्त्री मास्कले भने, ‘सडक सञ्चालन भएसँगै यात्रुलाई केही राहत मिल्नेछ।’

कुलेखानी–सिस्नेरी सडक खण्ड आइतबार दिउँसोबाट सुचारु भएको थियो।

महालक्ष्मीखोला–चखेल–मातातीर्थ सडकखण्ड, महालक्ष्मीखोला–फाखेल–फर्पिङ र सिस्नेरी–दक्षिणकाली–फर्पिङ यसअघि सञ्चालन भइसकेको थियो।

यसैगरी थानकोट–चित्लाङ, वज्रवाराही–कुन्छाल–पालुङ हुँदै हेटौँडा त्रिभुवन राजपथ सञ्चालन हुँदै आएको थियो।

मन्त्रालयका सचिव अमृत श्रेष्ठले सडकमा डाइभर्सन बनाएर अस्थायी रूपमा सञ्चालन गरिएकाले तीनवटै सडक जोखिमपूर्ण रहेकाले सावधानी अपनाउनुपर्ने बताए। साभार:थाहाखबर

Related posts

बारामा बहुमुल्य धातु युरेनियम सहित तीन जना पक्राउ

MadhesKhabar

नेपाल पत्रकार महासंघले माग्याे राष्ट्रपति भण्डारीकाे राजिनामा

MadhesKhabar

स्थानीय तहका उम्मेदवारले पाए जरिवाना माफी मिनाहा

MadhesKhabar

Leave a Comment