Madhes Khabar
स्थानिय

पर्साकाे धाेबिनी गाँउपालिकाकाे गाँउसभा ३ महिनापछि सम्पन्न: ३३ कराेड ८८ लाखकाे आयाे बजेट

वीरगन्ज,१२असाेज:पर्साको धोबीनी गाउँपालिकाको ११ ओैं गाउँसभा आइतबार सम्पन्न भएकाे छ। गत असारमै हुनुपर्ने गाँउसभा ३ महिनापछि आइतबार सम्पन्न भएको हाे।

 

आइतबार सम्पन्न गाँउसभामा चालू आर्थिक वर्ष २०८२/८३ काे लागि नीति, कार्यक्रम तथा ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैया बराबरको बजेट सार्वजनिक गरिएको छ।

 

गाँउसभामा धाेबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवी पटेलका तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद खतिवडाले ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन्।

 

धोबिनी गाउँपालिकाको गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले स्वास्थ्य ,शिक्षा,कृषि ,पर्यटन, भौतिक पूर्वाधार विकास आँफुहरुकाे प्राथमिकतामा रहेकाे बताए।अध्यक्ष चौहानले भने राजनितीक समस्याको कारण गाउँसभा आयाेजनामा ढिलाई भएको बताए ।जसका कारण विकास निर्माणका कामसंगै जनताकाे काममा असर परेकाे उनले बताए।

 

गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद खातिवडाले धाेबिनी गाउँपालिकालाई जिल्ला कै नमुना पालिका बनाउने प्रतबद्धता जनाए ।

 

गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा भएको गाँउसभामा उपाध्यक्ष मञ्जुदेवी कुर्मी,प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद खतिवडा,वडाध्यक्षहरु बन्धु साह तेली,देबेन्द्र पटेल,,राजकिशाेर पटेल, अबास मियाँ चुरिहार, मनाउर मियाँ , नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्याम किशाेर पटेल,कार्यापालिका सदस्य,गाउँ सभा सदस्य ,महिला सदस्य , शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी,नेपाल शिक्षक महासंघ धोबिनीका अध्यक्ष आरिफ मियाँ,योजना शाखा प्रमुख पप्पु पटेल ,लेखापाल अकलेश सहनी, जिन्सी शाखा प्रमुख प्रदिप पटेल, स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।सहजीकरण शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले गरेका थिए।

Related posts

कलैयाबाट हराएकी बालिकालाई प्रहरीले गर्यो उद्धार

MadhesKhabar

क्यान्सर बिरामीका सेवक आकाश अर्यालका लागि ठोरीवासीको इ–रिक्सा सहयोग अभियान

MadhesKhabar

पर्साको बलुवा गाँउमा प्रहरीको छापा, १२० बोरा भारतीय सख्खर बरामद

MadhesKhabar

Leave a Comment