Madhes Khabar
स्थानिय

जेनजी आन्दोलनमा क्षतिग्रस्त गण्डक प्रहरी चौकीमा विभिन्न संघसंस्थाले गरे सहयोग

वीरगन्ज,७ असोजः जेनजी प्रदर्शनका क्रममा गत भदौं २४ गते तोडफोड र आगजनी गरि ध्वस्त पारिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित प्रहरी चौकी सञ्चालनमा विभिन्न संघसंस्थाले सहयोग गरेका छन्।प्रदर्शनका क्रममा क्षतिग्रस्त बनाइएका प्रहरी चौकी पुन सञ्चालनका लागि आवश्यक सामानहरु सहयोग गरिएको हो ।

उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगन्ज पब्लिक कलेजले संयुक्त रुपमा प्रहरी चौकीमा कुर्सी,टेबल,चापाकल, पानी तान्ने विद्युतीय मोटर ,बिस्ताराका लागि आवश्यक बेडसिट ,डसना,तकिया,खाना पकाउने भाडाकुडा लगायतका समानहरु सहयोग गरेका हुन् ।

उपकार सेवा नेपालकी अध्यक्ष बिद्याकुमारी सरावगी, सदस्य सुमन बगेडिया,संरक्षक पद्मादेवी सरावगी, बिपिसि कलेजका सञ्चालक प्राध्यापक डाक्टर दीपक शाक्य,उत्कर्ष नेपालका सदस्यहरुले ती सामान सहयोग गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

Related posts

आँप बगैंचामा खेल्न जाँदा बगैंचाधनीले हानेको गोली लागेर पर्सामा एक बालक घाइते

MadhesKhabar

पेखरिया नगरपालिकाको बेथिती र अनियमितता रोक्न माग गर्दै मेयरलाई बुझाइयो ज्ञापनपत्र

MadhesKhabar

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार दाङका वरिष्ठ पत्रकार रेग्मीलाई प्रदान

MadhesKhabar

Leave a Comment