Madhes Khabar
समाचार

उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई रोजगारी दिने

काठमाडौं,६असोज : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा शपथ ग्रहण गरेपछि उद्योग मन्त्रालय पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई उचित रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेका छन्। त्यस्तै उनले सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरू मात्रै प्रयोग प्राथमिकता दिने निर्णयका साथै अनलाइन सेवा विस्तारसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।

उनले शहीदको आहुति खेर जान नदिने प्रतिबद्धता जनाउँदै देश र जनताका लागि गम्भीर भएर काम गर्ने प्रतिबद्धता जनाए। मन्त्री सिन्हाले वैदेशिक रोजगारीमा गएर फर्केका सीपलाई स्वदेशमा नै उपयोग गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान दिने बताए। साभारःअन्नपूर्णपोष्ट

Related posts

जग्गाको कित्ताकाट फेरि खुल्यो

MadhesKhabar

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

बारामा तस्करीको पाम आयल सहित चार जना पक्राउ

MadhesKhabar

Leave a Comment