Madhes Khabar
धर्म/संस्कृति

नेपालमै पहिलो पटक वीरगन्जमा घटस्थापनाका दिन ‘चुनरी यात्रा’ निकालिदैं

वीरगन्ज,५ असोजःदशैंको पहिलो दिन घटस्थापनामा अर्थात नवरात्रा सुरु हुने दिन सोमबार नेपालमै पहिलो पटक वीरगन्जमा ‘चुनरी यात्रा’ निकालिने भएको छ ।

दशैंको नवरात्रामा गहवामाईलाई चढाउनका लागि विश्व हिन्दु परिषद्ले नेपालमै पहिलो पटक वीरगन्जमा ‘चुनरी यात्रा’ निकाल्न लागेको हो । ‘चुनरी यात्रा’ का तयारी बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषदका वीरगन्ज महानगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले गहवामाईलाई चढाइने १५१ मिटर लामो चुनरीसहितको ‘चुनरी यात्रा’ सोमबार अपरान्ह ३ बजेदेखि गहवमाई मन्दिरबाट सुरु हुने जानकारी दिए ।

करिब १ हजार ५ सय जना भक्तजनहरुले हातमा बोकेर निकाल्ने ‘चुनरी यात्रा’ नगर परिक्रमापछि पुनः माईस्थानस्थित गहवामाईमै पुगेर विशेष पूजा–आराधनासहित समापन गरिने जानकारी सर्राफले दिए।

देश र समाजको हित तथा र मंगल कामनाका लागि ‘चुनरी यात्रा’ आयोजना गर्न लागिएको भन्दै उनले ‘चुनरी यात्रा’ का लागि कुनै पनि प्रकारको आर्थिक सहयोग कसैबाट नलिएको स्पष्ट पारे । साथै उनले ‘चुनरी यात्रा’ मा सहभागी हुन सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई आह्वानपनि गरे ।

Related posts

हिन्दु स्वयंसेवक संघले दिपावलीमा ड्युटीमा रहेका प्रहरी र अस्पतालका बिरामीलाई मिठाइ बाँड्यो

MadhesKhabar

पर्साको भाथा धाममा साउने मेला सुरु

MadhesKhabar

वीरगन्जमा पनि मनाइयो ‘राष्ट्रिय धोती दिवस’

MadhesKhabar

Leave a Comment