Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा पनि मनाइयो ‘राष्ट्रिय धोती दिवस’

वीरगन्ज,१७पुसः नयाँ अंगेजी वर्षको दिन बुधबार वीरगन्जमापनि राष्ट्रिय धोती दिवस मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताले वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाएका हुन् ।

धोती,कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट ¥याली निकालेर वीरगन्ज शहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो ।

¥यालीप्छि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचानमात्र नभई सांस्कृतिक धरोहरपनि भएकाले यसलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिलाउन राष्ट्रिय धोती मनाउने गरिएको बताए ।नेपाल बहुभाषिक र बहुसांस्कृति देश एउटा समुदाय विशेषको पहिरन र पोशाकलाई मात्र राष्ट्रिय पोशाकका रुपमा बढावा दिइएकाले त्यसलाई तोड्न आँफुहरुले हरेक वर्षको जनवरी १ तारिकमा राष्ट्रिय धोती दिवस मनाउँदै आएको उनले बताए ।

उनले अन्य जात र समुदायको पोशाक र पहिरनप्रति आँफुहरुको सम्मान रहेको भन्दै धोती कुर्तालाईपनि राष्ट्रिय पोशाकका रुपमा राज्यले मान्यता दिनुपर्ने बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्यहरु सिपु तिवारी,पर्सा इन्चार्ज माधव सिंह, नेतृहरु रम्भा मिश्रा,नजमा खातुन,नेताहरु बृजेश्वर प्रसाद चौधरी,श्याम गुप्ता,राजनारायण मिश्रा लगायतकाको पनि सहभागिता थियो ।

 

Related posts

चिसोमा गरिबहरुलाई बाड्न वीरगन्जका विभिन्न संघसंस्थाले दिए ३ सय ७५ थान कम्बल

MadhesKhabar

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन युवा नेताहरुकाे आग्रह

MadhesKhabar

बहुदरमाईका मेयर तेलीकाे ईट्टा भठ्ठाबाट चाेरी तस्करीकाे काठ दाउरा बरामद

MadhesKhabar

Leave a Comment