Madhes Khabar
समाचार

वीरगन्जका दलित महिलाहरुको क्षमता अभिवृद्धिका लागि तीनदिने तालिम आयोजना

वीरगन्ज,३असोजःदलित महिलाहरुको क्षमता अभिवृद्धिका लागि वीरगन्जमा तीन दिनेतालिमको आयोजना गरिएको छ ।टेवा नामक संस्थाको आर्थिक सहयोगमा दलित महिला संघ पर्साले बिहीबारदेखि वीरगन्ज गेटवे हाेटलमा आयोजना गरेको तालिममा २८ जना दलित महिलाहरु सहभागी छन् ।

दलित महिलाहरूलाई सशक्त पार्दै उनीहरूको नेतृत्व क्षमता, अधिकारप्रतिको सचेतना र सामाजिक सहभागिता बढाउने उदेश्यले तीनदिने तालिमको आयोजना गरिएको संघकी अध्यक्ष नीला रामले जानकारी दिइन् ।

निभा सिंहले सहजीकरण गरिरहेको तालिमको दोस्रो दिन शुक्रबार संस्थाका सल्लाहकार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताले तालिममा सहभागी दलित महिलाहरुलाई प्रोत्साहित गरेका थिए ।

दलित महिलाहरूको सशक्तीकरणका लागि यस प्रकारका तालिम नियमित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै संघकी अध्यक्ष रामले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरिन्।

 

Related posts

विहेमा गएका जन्तीकाे माेटरसाइकल चाेरी गर्ने गिराेह पर्साकाे पाेखरियाबाट पक्राउ

MadhesKhabar

मधेस प्रदेशको पाँच जिल्लाका एसपीकाे सरुवा

MadhesKhabar

ठोरीको एक घरमा प्रहरीले मध्यरातमा छापा मार्दा डेढ क्युन्टल बढी गाँजा बरामद,घरधनी फरार

MadhesKhabar

Leave a Comment