काठमाडौं,३०भदाैं:जेनजीकाे प्रदर्शनका क्रममा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गरेर सबैभन्दा धेरै क्षति व्यहोरेको निजी व्यापारिक प्रतिष्ठान भाटभटेनीमा अहिलेसम्म देशभरीमा ११ जनाको शव फेला परिसकेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सोमबार विराटनगरको भाटभटेनीमापनि एक जनाकाे शव भेटिएपनि उक्त शवको पहिचान खुलेको छैन।
भदौ २४ को प्रदर्शनका क्रममा धरानस्थित भाटभटेनीमा भएको आगजनीमा ४ जना, काठमाडौंको बाैद्ध चुच्चेपाटीकाे भाटभटेनमा ६ जना र विराटनगरमा १ जनाको शव भेटिएको छ।
विराटनगरस्थित भाटभटेनीको इलेक्ट्रोनिक्स विभाग रहेको दोस्रो तल्लामा साेमबार एक जनाका कंकाल भेटिएको हो। कंकाल प्रदर्शनकारीको हुनसक्ने प्रहरीले अनुमान छ।यस्तै, शव महिला हो कि पुरुष हो भन्ने यकिन नभएको प्रहरी भनाइ छ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनी र लुटपाटका क्रममा विराटनगरको भाटभटेनीभित्र सयौं व्यक्ति प्रवेश गरेका थिए। सामान लुटपाटका लागि प्रवेश गरेका व्यक्तिहरू आगजनी भएको थाहा नपाएर बाहिर निस्कन ढिलो गर्दा जलेको हुनसक्ने जनाइएको छ।
आगजनीबाट पूर्ण रूपमा जलेको भाटभटेनीभित्र त्यहाँ कार्यरत कर्मचारीहरूले सफाई गर्ने क्रममा शव जलेको अवस्थामा कंकाल भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
त्यस्तै, शवको पहिचानका लागि फरेन्सिक जाँचको प्रक्रिया अघि बढाइएको जनाइएको छ।
हालसम्म भाटभटेनीमा भेटिएका ११ वटै शवको पहिचान भने खुल्न सकेको छैन।सनभार:सेताेपाटी

