Madhes Khabar
समाचार

वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई पितृ शोक

वीरगन्ज,२८भदौंःवरिष्ठ पत्रकार एंव स्तम्भकार चन्द्रकिशोरलाई पितृ शोक परेको छ । मधेस मामिलाका जानकारसमेत रहेका चन्द्रकिशोरका बुवा ९२ वर्षीय राजेन्द्र झाको शनिबार निधन भएको हो। वीरगन्जस्थित निवासमा बुबाको निधन भएको उनका छोरा एंव पत्रकार चन्द्रकिशोरले बताए ।

केही समयदेखि पिसाब सम्बन्धी रोगबाट ग्रसीत ९२ वर्षीय राजेन्द्र झा वीरगन्ज–१४ स्थित छोरा चन्द्रकिशोरको घरमा बस्दै आएका थिए ।छोरा चन्द्रकिशोरले भने– ‘पिसाब सम्बन्धी समस्या थियो, उपचारपछि वीरगन्जस्थित घरमै राखेका थियौँ, विगत अढाई तीन महिनादेखि बुवाकै सेवामा म आफैँ लागेको थिएँ, आज उहाँको स्वर्गवास भयो ।’

Related posts

पर्साको भलुवाही खोलाको झाडीबाट ठूलो परिमाणमा चरेस बरामद

MadhesKhabar

बाराको अमलेखगन्जमा २ सय ३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

MadhesKhabar

मन्त्री यादव भन्छन् :धम्की दिने किरण साहप्रति पूर्वाग्रह छैन,प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला

MadhesKhabar

Leave a Comment