Madhes Khabar
समाचार

वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई पितृ शोक

वीरगन्ज,२८भदौंःवरिष्ठ पत्रकार एंव स्तम्भकार चन्द्रकिशोरलाई पितृ शोक परेको छ । मधेस मामिलाका जानकारसमेत रहेका चन्द्रकिशोरका बुवा ९२ वर्षीय राजेन्द्र झाको शनिबार निधन भएको हो। वीरगन्जस्थित निवासमा बुबाको निधन भएको उनका छोरा एंव पत्रकार चन्द्रकिशोरले बताए ।

केही समयदेखि पिसाब सम्बन्धी रोगबाट ग्रसीत ९२ वर्षीय राजेन्द्र झा वीरगन्ज–१४ स्थित छोरा चन्द्रकिशोरको घरमा बस्दै आएका थिए ।छोरा चन्द्रकिशोरले भने– ‘पिसाब सम्बन्धी समस्या थियो, उपचारपछि वीरगन्जस्थित घरमै राखेका थियौँ, विगत अढाई तीन महिनादेखि बुवाकै सेवामा म आफैँ लागेको थिएँ, आज उहाँको स्वर्गवास भयो ।’

Related posts

सन्त नेता भट्टराईकाे स्मृतिमा नेविसंघद्वारा दिप प्रज्वलन

MadhesKhabar

मधेसमा बाढी पहिराेकाे विपदबाट प्रभावितकाे उद्दारमा लाग्न सुरक्षा प्रमुखहरुलाई मुख्यमन्त्री सिंहको निर्देशन

MadhesKhabar

रवि लामिछानेलाई १ कराेड रुपैयाँ धराैटीमा छाड्न रुपन्देही जिल्ला अदालतकाे आदेश

MadhesKhabar

Leave a Comment