Madhes Khabar
सुदूरपश्चिम प्रदेश

दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका सालाकाे मृत्यु

सांकेतिक फोटो ।

नेपालगन्ज,१७भदाैं:बाँकेमा दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका एक युवककाे मृत्यु भएकाे छ ।

खजुरा गाउँपालिका वडा नम्बर ६ गिजरामा दिदी र भिनाजुकाे झगडा छुट्याउन गएका २२ वर्षीय अर्जुन रानामगरकाे मृत्यु भएकाे हाे ।

लाेग्ने-स्वास्नीका बीचमा झगडा भइरहँदा छुट्याउन पुगेका अर्जुनलाई भिनाजु दिपेश रामजालीले बियरकाे बाेत्तलले हान्दा मृत्यु भएकाे प्रहरीले जनाएएकाे छ ।

भिनाजुले बियरकाे बाेत्तलले हान्दा गम्भीर घाइते भएकाे साला अर्जुनकाे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

बाँकेका प्रहरी नायब उपरीक्षक दिपक पातलीले घरायसी झगडा अपराधमा परिणत भएकाे बताए । घटना आइतबार रातिकाे थियाे भने अर्जुनकाे उपचारका क्रममा साेमबार मृत्यु भएकाे हाे ।

Related posts

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

प्रधानमन्त्री देउवाले सातौं पटक जिते चुनाव

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment