Madhes Khabar
सुदूरपश्चिम प्रदेश

खोलामा पौडी खेल्न गएका ४ जनाको डुबेर मृत्यु

सांकेतिक तस्बिर ।

काठमाडौं,१२भदौं : कैलालीमा खोलामा डुबेर चार जना किशोरको मृत्यु भएको छ ।कैलालीको गोदावरी नगरपालिका–९ मा पर्ने खुटिया खोलामा बिहीबार दिउँसो करिब २ बजेतिर चार जना किशोरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।

खोलामा पौडी खेल्न पसेकाहरुको डुबेर मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको शव खोलाबाट निकालेर पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Related posts

सुर्खेतमा जिप दुर्घटना : ४ जनाको मृत्यु, २ घाइते

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

सुत्केरी व्यथाले सडकमा छटपटिएकी महिलाको उद्धार गरेकी प्रहरी जवान चन्द्रिका पुरस्कृत

MadhesKhabar

Leave a Comment