कैलाली,७जेठः कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुरमा मंगलबार सुत्केरी व्यथा लागेर सडकमा छटपटाइरहेकी महिला चन्द्रा आचार्यको उद्धार गराएकी प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत भएकी छन् ।
बुधबार प्रशंसा पत्र र रेकर्डमा जनिने गरी प्रहरी जवान चन्द्रिकालाई पुरस्कृत गरिएको कैलाली प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताए ।
मंगलबार सडकमै व्यथा लागेर लडेकी महिलालाई प्रहरी जवान चन्द्रिकाले सुरक्षित स्थानमा लगिन् । शिशुलाई सुरक्षित जन्म दिएपश्चात चन्द्रिकाले पद्मा अस्पताल पु¥याएकी थिइन् ।
अहिले महिला र शिशुको अवस्था सामान्य छ ।प्रहरी जवान चन्द्रिकाको कामको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।साभारः नेपालप्रेस

