Madhes Khabar
सुदूरपश्चिम प्रदेश

जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु, १६ जना घाइते

बाजुरा,८साउनः बाजुराको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।१६ जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ की अन्दाजी ६० वर्षीया बाचा रोकाया, ६५ वर्षीया विजौरा रोकाया र ३५ वर्षीया जुनेली रोकाया रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी एंव प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

त्यस्तै १६ जना घाईते मध्य ७ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ । बाँकी ९ जना घाइतेलाई हिमाली गाउँपालिकाको एम्बुलेन्सबाट कोल्टी अस्पताल लगिएको छ। उनीहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको प्रहरीले जनाएको छ।

क्यूडीबाट धुलाचौरका लागि छुटेको बा.प्र.०३००१ ज ०३३८ नम्बरको जीप कच्ची र साँघुरो सडकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । साभारःअन्नपूर्णपोष्ट

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

सुत्केरी व्यथाले सडकमा छटपटिएकी महिलाको उद्धार गरेकी प्रहरी जवान चन्द्रिका पुरस्कृत

MadhesKhabar

बाँकेमा ट्रकसँग बस ठाेक्किँदा ७ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment