Madhes Khabar
सुदूरपश्चिम प्रदेश

सुर्खेतमा जिप दुर्घटना : ४ जनाको मृत्यु, २ घाइते

तस्बिर : रासस

सुर्खेत,१७जेष्ठः सुर्खेतमा यात्रुवाहक जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।सुर्खेतबाट कैलाली जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा दुर्घटनाा हुदाँ ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।

दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका–३ का नमराज विक, तन्त विका , उनका छोरा वीरेन्द्र विक र भैरवि गापा-४ का महेन्द्र शाही छन् ।

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

सुर्खेतमा प्रचण्ड माथि जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment