Madhes Khabar
स्थानिय

पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न अन्तिम नामावली प्रमाणीकरण

वीरगन्ज,६भदौं :पर्सा जिल्लामा भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासी ४३ जनालाई जग्गाको लालपूर्जा वितरणका लागि भुमि समस्या समाधान आयोग पर्साले अन्तिम नामावली प्रमाणीकरण गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले पहिलो चरणमा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सथवलका ४३ जनाको नामावली प्रमाणीकरण गरेको हो । ४३ जनाको सबै कागजी प्रकृयाहरु पुरा गरेर शुक्रबार ती ४३ जनाको नामावली प्रमाणीकरण गरिएको अध्यक्ष तबरेज अहमदले बताए ।

यससंगै पर्सा जिल्लामा दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि लाजपूर्जा वितरणका लागि बाटो खुलेको अध्यक्ष यादवले बताए । आयोगले शु्क्रबार नमावली प्रमाणीकरण गरेका सथवलका ४३ जनालाई आगामी आइतबार लालपूर्जाका लागि थप कागजी प्रकृया पुरा गर्न ७ दिने सुचना आह्वान गर्ने आयोग पर्साका सदस्य सचिव दीपक कुमार सिंहले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकार विनय श्रीवास्तव, आयोगका विज्ञ सदस्य सन्तोष पासवान, सदस्य शीव नारायण राम,आयोगका सदस्य सचिव तथा नापी कार्यालयका प्रकुख दीपक सिंह,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि दीपक पटेल, मालपोत कार्यालय वीरगन्जका नापी प्रमुख लगायतकाको सहभागीता रहेको थियो ।

Related posts

मन्त्री यादवलाई भेटेर मेयर सिंहले वीरगन्जमा विद्यमान पानीकाे समस्या समाधानका लागि गरे आग्रह

MadhesKhabar

परवानीपुरमा युवा संघद्वारा “एक युवा, पाँच बिरुवा“ भन्ने नाराका वृक्षारोपण अभियान सुरु

MadhesKhabar

बाराबासीलाई खुशीको खबर : अब कलैयाबाटै सवारी चालकको लाइसेन्स वितरण हुने

MadhesKhabar

Leave a Comment