Madhes Khabar
स्थानिय हेडलाइन

परवानीपुरमा युवा संघद्वारा “एक युवा, पाँच बिरुवा“ भन्ने नाराका वृक्षारोपण अभियान सुरु

वीरगन्ज,७कार्तिकःबाराको परवानीपुर गाँउपालिकामा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले “एक युवा, पाँच बिरुवा“ भन्ने नाराका वृक्षारोपण अभियान सुरु गरेको छ ।

तीनदिन सम्म चल्ने अभियानको पहिलोदिन बुधबार युवा संघ नेपाल परवानीपुर गाँउपालिका कमिटीले परवानीपुर गाँउपालिका वडा नम्बर २ मुसहरीका दुई स्थानमा वृक्षारोपण गरेको छ । बुधबार मुसहरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा र मुसहरीदेखि परवानीपुर बजार पुग्ने सडकको छेउमा वृक्षारोपण गरिएको युवा संघ नेपालका केन्द्रिय सचिव ईन्जिनियर मोविन आलमले जानकारी दिए।दुवै स्थानमा गरी आँप, साल, निम, टिक लगायतका प्रजातिका २ सय ५० वटा विरुवा रोपिएको उनले बताए ।

युवा संघ नेपाल परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामबाबु चौहानको अध्यक्षता तथा केन्द्रिय सचिव आलमको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य गजेन्द्र पटेल,युवा संघ नेपालका केन्द्रिय सदस्य राम यादव,वडाध्यक्ष देवा अन्सारी,एमाले जिल्ला कमिटी सदस्य जगदीश राम, समाजसेवी विन्दु साह, सलदिन मियाँ ,राजेश्वर ठाकुर, प्रभु यादव लगायतकोपनि सहभागीता थियो ।

Related posts

यसवर्षको एसईईमा पर्सा जिल्लाबाट साढे १२ हजार विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

प्यासी जेलबाट छुटेको विरोधमा पिडित परिवारद्धारा परवानीपुरमा प्रदर्शन

MadhesKhabar

पर्सामा एक महिनामै प्रहरीले बरामद गर्यो करिब ६ करोड मूल्यको तस्करीको सामान

MadhesKhabar

Leave a Comment