वीरगन्ज,३०चैतःप्रहरीले पर्साका विभिन्न स्थानबाट एक महिनाको अवधिमा करिब ६ करोड रुपैयाँ मुल्यको सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र त्यस मातहतका प्रहरी कार्यालय वीरगन्जसहित पर्साका विभिन्न स्थानबाट चैत महिनामा ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरी आवश्य कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
ती मध्ये २ करोड १० लाख ७८ हजार ६८१ रुपैयाँ बराबरको विद्युतीय सामग्री, १ करोड २३ लाख ४६ हजार ४९९ रुपैयाँ बराबरको लत्ताकपडा,१ करोड १० लाख ८७ हजार ७१० रुपैयाँ बराबरका सवारी साधन तथा पार्टपुर्जा,१ करोड ४२ लाख २३ हजार ९१७ रुपैयाँ बराबरका किराना तथा खाद्यान्न सामग्री रहेको ढुंगेलले बताए ।

