Madhes Khabar
स्थानिय

वीरगन्ज नाकाबाट ३ जना महिलाको उद्धार, भारतमा बेच्ने लैजाने युवती पक्राउ

वीरगन्ज,५भदौंःभारतमा बेचबिखन गर्नका लागि तीन युवती र म महिलालाई लिएर भारत जाँदै गरेकी एक युवतीलाई प्रहरीले वीरगन्ज नाकाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोर्खाको गोर्खा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीया सरिता सिर्मल रहेकी छन् ।

भदौं ३ गतेका दिन सिर्मलले मकवानपुर, संखुवासभा र सिन्धुपाल्चोकका तीन जना युवती र महिलालाई भारत लिएर जाँदै गरेको अवस्थामा वीरगन्जको इनर्वा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा सिर्मलले विभिन्न प्रलोभन देखाएर उनिहरुलाई भारतमा बेचबखिन गर्ने नियतले लैजान लागेको खुलेपछि प्रहरीले सिर्मललाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनिसंग रहेका तीन जना युवती र महिलाहरुको उद्धार गरि उनिहरुको अभिभावक बोलाएर जिम्मा लगाएर पठाइएको लम्सालले बताए ।

पक्राउ गरिएकी सिर्मललाई भने प्रहरीको हिरासतमा राखेर उनिविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसूरुमा मुद्धा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइएको लम्सालले जानकारी दिए ।

 

Related posts

मेयर सिंहले भने : महानगरपालिकामा लापरवाही गर्ने छुट कसैलाई छैन

MadhesKhabar

पर्सा र बाराका सिडिओको एकैपटक सरुवा

MadhesKhabar

वीरगन्जको खानेपानी संस्थानको कार्यालयमा मन्त्री यादवको छड्के अनुगमन

MadhesKhabar

Leave a Comment