Madhes Khabar
स्वास्थ्य हेडलाइन

जगरनाथपुरका अध्यक्ष यादवले घोषणा गरेको भोलिपल्टै नारायणी अस्पतालमा दिए ६ थान एसी

वीरगन्ज,३भदौंःपर्साको जगरनाथपुर र जीराभवानी गाँउपालिकाले वीरगन्जको नारायणी अस्पतालमा ६ थान वातानुकूलित एसी प्रदान गरेका छन् ।जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरीले ३/३ थान वातानुकूलित एसी प्रदान गरेका हुन् ।

मंगलबार यादव र चौधरीले अस्पतालमै पुगेर एलजी कम्पनिको ६ थान अस्पतालका मेसु डा. चुमनलाल दासलाई हस्तान्तरण गरेको एसी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।यसअघि सोमबार पूर्व उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालसंगै अस्पतालको निरक्षिण गर्ने क्रममा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष यादवले मेडिकल वार्डमा वातानुकूलित एसी जडान गरिदिने प्रतिबद्धता जनाएका थिए ।

मेडिकल वार्डमा पंखा मात्रै रहेको हुदाँ त्यहाँ भर्ना भइ उपचारत रहेका बिरामीहरुलाई गर्मीका कारण समस्या भइरहेको देखेपछि गाँउपालिका अध्यक्षले वातानुकूलित एसी जडान गरिदिने प्रतिबद्धता जनाएको भोलिपल्टै मंगलबार ६ थान एसी सहयोग गरेको अस्पताल विकास समितिका गुप्ताले जानकारी दिए ।

गाँउपालिका अध्यक्ष यादवकै आग्रहमा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवलेपनि थप ३ वटा एसी दिने प्रतिबद्धता जनाएको र ती एसी १/२ दिनमै अस्पतालमा आइपुग्ने अध्यक्ष गुप्ताले बताए ।मंगलबार प्राप्त ६ थान एसी मेडिकल वार्डमा जडान गरिने उनले बताए । ४० शैया रहेको मेडिकल वार्डमा एसी जडान गरिएपछि उपचाररत बिरामीलाई सहजता हुने उनले बताए ।

 

Related posts

मतदानमा दुई लाख भन्दा बढी कर्मचारी खटाईने

MadhesKhabar

दिपावली सकिएलगत्तै मधेसमा छठको तयारी सुरु

MadhesKhabar

मधेसका राजमार्ग र बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुदाँ सास्ती खेप्न बाध्य छन् महिलाहरु

MadhesKhabar

Leave a Comment