Madhes Khabar
मधेस प्रदेश

वकिलहरुलाई कारबाहीको माग गर्दै जनकपुरमा पत्रकारहरूको धर्ना

वीरगन्ज,१भदौंःजनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई कारबाहीको माग गर्दै पत्रकारहरूले जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्।

आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि आइतबार बिहान ११ बजेदेखि धर्ना दिएका हुन् ।नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन् ।

गुठी संस्थानबाट पत्रकार महासंघ मधेस प्रदेशले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।त्यस क्रममा पत्रकार महासंघ प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।

घटनामा संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि हालसम्म उनिहरुलाई प्रहरीले पक्राउ गरेको छैन ।

Related posts

रौतहटमा गोली चल्यो , एक जनाको मृत्यु , तीन घाइते

MadhesKhabar

महोत्तरीमा आगो लगाएर आमा छोरीको हत्या प्रयास , आगो लगाउने ज्वाँइ फरार

MadhesKhabar

संघ सरकारविरुद्ध मधेश सरकारको आन्दोलन सुरु

MadhesKhabar

Leave a Comment