Madhes Khabar
मधेस प्रदेश

महोत्तरीमा आगो लगाएर आमा छोरीको हत्या प्रयास , आगो लगाउने ज्वाँइ फरार

तस्वीर : कान्तिपुरबाट

मधेसखबर
वीरगन्ज , २२ साउन : महोत्तरीको भंगहामा ज्वाइँले नै सासु र पत्निलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमा छोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो ।

औरही नगरपालिका–८ का शंकर सदाले भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई मट्टितेल खन्याएर आगो लगाएका हुन् ।शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।

 

घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

 

शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिट्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए ।

 

सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापश्चात् फरार छन् । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए । साभार : कान्तिपुर

Related posts

सहिद परिवारलाई मधेस सरकारले दिने भनेको राहत घोषणामै सीमित

MadhesKhabar

मधेसमा रोकिएको छोरी शिक्षा बिमा कार्यक्रम फेरि सुरु

MadhesKhabar

दशहरा मेलामा विवाद हुँदा दलित युवकको हत्या

MadhesKhabar

Leave a Comment