Madhes Khabar
कृषि

चौपायामा लम्पीस्किनको संक्रमण नियन्त्रणका लागि वीरगन्ज महानगरले थाल्यो पहल

वीरगन्ज,२९साउनःमधेस प्रदेशमा केहि दिनयता चौपायाहरुमा लम्पीस्किन रोगको संक्रमण तीव्र रूपमा बढ्दै गएकोमा पर्सा जिल्लाको वीरगन्ज महानगरमा पनि उक्त रोगबाट चौपयाहरु संक्रमित भएको भेटिएका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पछिल्ला तथ्यांक अनुसार प्रदेशभर हालसम्म ५२ हजार ६८६ वटा पशु चौपाया संक्रमित भएकोमा तीमध्ये २३ हजार ७०९ वटा निको भइसकेका छन् १७९ वटाको मृत्यु भएको छ ।

पर्सा जिल्लामा मात्रै १७९ चौपायामा लम्पीस्किनको सङ्क्रमण भेटिएकोमा तीमध्ये एउटा मात्रै चौपायाको मृत्यु भएको छ ।पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर १, ८, १०, १४, १८, २१, २२, २३, २४ र ३१ मापनि चौपायाहरुमा लम्पीस्किनको संक्रमण भेटिएको वीरगन्ज महानगरपालिकाको पशु सेवा शाखाले जनााएको छ।

महानगरमापनि चौपायाहरुमा उक्त संक्रमण पुष्टि भएको भेटिएपछि महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्मा, पशु सेवा शाखाका सन्तोष ठाकुर, कृषि शाखा प्रमुख रोशनी यादव, प्रभुराम यादव र वातावरण निरीक्षक प्रकाश बहादुर एरको संयुक्त टोलीले बुधबार करिब आधा दर्जन पशुपालन फार्ममा पुगेर उक्त रोगको अवस्थाबारे निरीक्षण गरेको छ।

उक्त टोलीले पशुपालक किसानहरुसँग प्रत्यक्ष भेटघाट गर्दै रोगको बारेमा जानकारी, नियन्त्रण उपाय र गोठ व्यवस्थापन सम्बन्धि समेत जानकारीपनि लिएको पशु सेवा शाखाका प्रमुख डा. शर्माले जानकारी दिए ।

उनका अनुसार, पशु सेवा शाखाले प्रत्येक संक्रमित वडामा तत्काल उपचार टोली परिचालन, औषधि तथा उपचार सेवा उपलब्ध गराउने, जोखिम क्षेत्रमा अग्रिम खोप भियान सञ्चालन गर्ने, किसान सचेतना कार्यक्रम सञ्चालन गर्ने, संक्रमित चौपायालाई अलग राख्ने र निरन्तर निगरानी तथा तथ्यांक संकलन गर्ने काम थालेको छ।

पशु सेवा शाखा प्रमुख डा. शर्माले भने,‘हामीले रोग फैलिन नदिने रणनीति अपनाएका छौँ। समयमै उपचार, खोप, र किसानसँग प्रत्यक्ष सम्पर्क हाम्रो मुख्य प्राथमिकता हो।” उनले किसानलाई संक्रमित जनावरलाई अन्य पशुबाट अलग राख्न, रोगको लक्षण देखिनासाथ नजिकको पशु चिकित्सक वा पशु प्राविधिकलाई जानकारी दिन, खोर र वरिपरिको सरसफाइमा ध्यान दिन, तथा बाहिरबाट ल्याइएका जनावरलाई कम्तीमा १४ दिन अलग राखेर मात्र मुख्य बथानमा मिसाउन सुझाव दिए।

यसका साथै बिहीबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै वीरगन्ज महानगरका विभिन्न वडामा पशुपालक किसानहरुले पालेको चौपायाहरुमा केहि दिन यताम लम्पीस्किन रोग देखा परेकाले सावधानी अपनाउन तथा अनावश्यक गाई,भैंसीको ओसार पसार नगर्न पनि अनुरोध गरेका छन् ।

साथै महानगरभित्र कुनै पनि गाई भैंसीमा लम्पीस्किन रोगको लक्षण देखा परेमा तत्कालै महानगरपालिको पशु सेवा शाखामा सम्पर्क गर्नपनि सम्बन्धित पशुपालक किसानलाई महानगरपालिकाले अनुरोध गरेको छ । यसका साथै पशु सेवा शाखाका डा. सुदीपकुमार शर्माको मोबाइल नम्बर ९८४४२२५९०२ वा सन्तोष ठाकुरको मोबाइल नम्बर ९८४५०९७३८७ पनि महानगरपालिकाले सार्वजनिक गरेको छ ।

Related posts

वीरगन्ज चिनि मिल चलाउने याेजना नयाँ बजेटमा समावेश गर्न सांसद यादवकाे माग

MadhesKhabar

उत्पादनमुखी र व्यवसायिक खेती गर्न किसानहरुलाई राज्यमन्त्री रहबरको सुझाव

MadhesKhabar

चिनी मिलले उखु खरिद नगर्दा पर्साका किसानहरु समस्यामा

MadhesKhabar

Leave a Comment