Madhes Khabar
कृषि हेडलाइन

वीरगन्ज चिनी कारखाना फेरि सञ्चालनमा ल्याउन सम्भव नै छैन : कृषिमन्त्री क्षेत्री

वीरगन्ज,०१मंसिरःमधेस प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले दुई दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना अब पुन सञ्चालनमा आउन नसक्ने बताएका छन् ।

शनिबार वीरगन्जमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति पर्साको प्रथम जिल्ला परिषद्को उदघाटन सत्रमा बोल्दै कांग्रेस पर्साका सभापतिसमेत रहेका मन्त्री क्षेत्रीले अहिलेकै अवस्थामा वीरगन्ज चिनी काराखाना फेरि सञ्चालनमा ल्याउन सम्भव नै नरहेको बताए । उनले भने,‘वीरगन्ज चिनी मिल बअ चल्ने वाला छैन । त्यसकारण कांग्रेस वा अहिलेको सरकारले वीरगन्ज चिनी मिल फेरि चलाउँछ भनेर जनतालाई गुमराहमा राख्ने काम गर्दैन।’

बरु वीरगन्ज चिनी कारानखा पुन सञ्चालनमा ल्याउनुको सट्टा त्यस्तै ५ वटा ठूला ठूला चिनी कारखाना सञ्चालनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । सरकारले काम व्यपार गर्ने नभई उद्योग व्यपारका लागि अवसर र वातावरण सृजना गरिदिने रहेको उनले बताए । मन्त्री क्षेत्रीले भने,‘ सरकारको काम व्यपार गर्ने होइन । बरु उद्योग व्यपारका लागि अवसर सृजना गरिदिने हो । वातावरण बनाइ दिने हो ।’

उनले नेपाल ट्रेड युनियन कांग्रेसले उद्योग कलकारखानाका मजदुरको मात्र नभई अन्य पेशार व्यवसायमा लागेका श्रमिककापनि आवाज उठाइदिनुपर्नेमा जोड दिए । अनिमात्र नेपाल ट्रेड युनियन कांग्रेस अझ सशक्त हुने उनले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षता तथा मन्त्री क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वमन्त्री ओमप्रकाश शर्मा,प्रदेश सभा सदस्य श्याम पटेल,कांग्रेस पर्साका उप–सभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, कांग्रेस नेताहरु राजकृष्ण अमात्य, शान्ति कार्की,धर्मेन्द्र कुमार पटेल, साहबुदिन अन्सारी, कर्मचारी युनियनका केन्द्रीय उपाअध्यक्ष अशोक रौनियार, शिक्षक नेता तीर्थराज यादव, प्रदीप पटेल, अशोक साह, ट्रेड युनियन कांग्रेसका नेता लक्ष्मण प्रसाद कुर्मी, अमृतलाल जोशी लगायतकोपनि सहभागीता थियो ।

Related posts

एमडीसंगै पक्राउ परेका ल्याब प्रमुख साहलाई रिहा गर्न चिकित्सक संघको अल्टिमेटम

MadhesKhabar

सप्तरीबाट मधेस प्रदेशमा सिके राउतकाे खाता खुल्याे

MadhesKhabar

पर्सा–४ मा कांग्रेसलाई झट्का : ठोरीका कांग्रेस सभापति श्रेष्ठसहित ३५० जना रास्वपामा प्रवेश

MadhesKhabar

Leave a Comment