Madhes Khabar
राजनीति

सरकार भ्रष्ट भयो ,जनता जुनसुकै बेला विद्रोहमा उत्रन सक्छन् : उपेन्द्र यादव

फाइल फाेटाे

राजविराज,२८ साउनःजनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका छन् ।

जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सरकारको भ्रस्ट र नश्लीय चरित्रले अक्रान्त भैसकेका जनताले यो सरकारको विकल्प खोजिरहेको बताएका हु्न् ।

देशमा भ्रष्टाचार, कुशासन एंव विभेद चरम सिमामा पुगिसको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाह बन्न खोजेको छ, जनतामा सरकारप्रति व्यापक निराशा र आक्रोश छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ ।’

संसारमै अविकशित एवम् पछाडि परेको तथा वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा रहेको आरोप लगाउँदै उनले देश उल्टो गतितर्फ ओरालो लागेको बताए । लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियसभा मात्र ६ जना मधेशको प्रतिनिधित्व रहेको चर्चा गरे ।

उनले भने, ‘रणनीति तहत मधेशलाई टुक्राटुक्रामा विभाजन गरेको गरेको छ, जबकि स्वायत्त मधेशको कुरा संविधानमै लेखिएको छ ।’ साभारः अनलाइनखबर

 

Related posts

राप्रपा अध्यक्ष लिङ्देनलाई कारबाही गर्न कांग्रेस पर्साको माग

MadhesKhabar

ठाकुरराम सहित देशभरका १२ क्याम्पसमा अब स्ववियु निर्वाचन नहुने

MadhesKhabar

रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ

MadhesKhabar

Leave a Comment