Madhes Khabar
राजनीति

सरकार भ्रष्ट भयो ,जनता जुनसुकै बेला विद्रोहमा उत्रन सक्छन् : उपेन्द्र यादव

फाइल फाेटाे

राजविराज,२८ साउनःजनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका छन् ।

जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सरकारको भ्रस्ट र नश्लीय चरित्रले अक्रान्त भैसकेका जनताले यो सरकारको विकल्प खोजिरहेको बताएका हु्न् ।

देशमा भ्रष्टाचार, कुशासन एंव विभेद चरम सिमामा पुगिसको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाह बन्न खोजेको छ, जनतामा सरकारप्रति व्यापक निराशा र आक्रोश छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ ।’

संसारमै अविकशित एवम् पछाडि परेको तथा वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा रहेको आरोप लगाउँदै उनले देश उल्टो गतितर्फ ओरालो लागेको बताए । लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियसभा मात्र ६ जना मधेशको प्रतिनिधित्व रहेको चर्चा गरे ।

उनले भने, ‘रणनीति तहत मधेशलाई टुक्राटुक्रामा विभाजन गरेको गरेको छ, जबकि स्वायत्त मधेशको कुरा संविधानमै लेखिएको छ ।’ साभारः अनलाइनखबर

 

Related posts

बहुअरीमा श्रेष्ठ र सोनललाई २०५ किलोको मालाले स्वागत

MadhesKhabar

प्रदेशसभाको प्रत्यक्ष तर्फको ३३० मध्ये १११ सिट जित्दै कांग्रेस पहिलो दल

MadhesKhabar

ऐतिहासिक पर्सागढी मन्दिरमा दर्शन गरेर पर्सा–२ का रास्वपा उम्मेदवार कानुले सुरु गरे चुनावी प्रचार अभियान

MadhesKhabar

Leave a Comment