Madhes Khabar
स्वास्थ्य हेडलाइन

मधेसकै उत्कृष्ट वीरगन्ज हेल्थ केयर हस्पिटलमा क्षमता विस्तारसंगै डिजिटल सेवापनि सञ्चालन

वीरगन्ज,२१साउन:मधेस प्रदेशमै उत्कृष्ट सेवा दिए बापत पुरस्कृत भइसकेको वीरगन्ज हेल्थ केयर हस्पिटलले क्षमता विस्तार संगसंगै डिजिटल (प्रविधियुक्त) सेवापनि सञ्चालनमा ल्याएकाे छ।

 

वीरगन्ज-१४ बहुअरीमा २०६७ सालदेखि सञ्चालनमा आएकाे वीरगन्ज हेल्थ केयर हस्पिटलले अस्पतालकाे क्षमता १०० शैयाबाट वृद्धि गरेर ३०० शैयाकाे बनाउने तयारी थालेकाे अस्पतालका अध्यक्ष अबुल हैस अन्सारीले बताए ।त्यसका लागि आवश्यक भाैतिक पुर्वाधार थप्ने काम अहिले भइरहेकाे उनले जानकारी दिए।

 

अध्यक्ष अन्सारीका अनुसार, अस्पतालले गत साउन १ गतेदेखि अस्पतालका सबै सेवालाई पूर्णरूपमा डिजिटल अर्थात कागजरहित बनाएकाे छ।`तपाईंको स्वास्थ्य अब तपाईंको मोबाइल खल्तीमा” भन्ने नाराका साथ पूर्ण डिजिटल प्रणालीमा गएकाे वीरगन्ज हेल्थ केयर हस्पिटल डिजिटल प्रणाली अपनाएर सेवा दिने पहिलाे निजी अस्पताल बनेकाे अन्सारीले बताए।

 

ओपिडी टिकटपनि घरमै बसेर माेबाइल एपबाट काट्न सकिने तथा एक्सरे,एमआरआई र सिटी स्क्यानसंगै ल्याब टेष्टकाे रिपाेर्ट र डाक्टर लेखेकाे प्रिस्केप्सन (पूर्जी) बिरामीले माेबाइल म्यासेजबाटै प्राप्त सक्ने तथा सबै शुल्क सेवाग्राहीले माेबाइलबाटै भुक्तानी गर्न सक्ने लगायतका डिजिटल सेवा सुरु गरिएको अध्यक्ष अन्सारीले बताए ।

 

वीरगन्ज हेल्थकेयर हस्पिटलमा अब बिरामीले मोबाइल एप, वेब पोर्टल र टेलीमेडिसिनमार्फत डाक्टरको परामर्श,फलोअप र औषधिको जानकारी समेत आफ्नै मोबाइलमै प्राप्त गर्न सक्ने अन्सारीले बताए। डिजिटल सेवा सुरु गरिएपछि उपचार खर्चमा बिरामीलाई ८-१० प्रतिशतसम्म सहुलियत मिल्नुका साथै बिरामी र कुरुवाको समय र श्रमपनि बचत भइरहेको उनले बताए।नीजी अस्पताल भएपनि वीरगन्ज हेल्थकेयर हस्पिटलले सबै सेवा सरकारी अस्पतालकाे दररेटकाे बराबरमै उपलब्ध गराउँदै आइरहेकाे उनले बताए।

अन्सारीका अनुसार,वीरगन्ज हेल्थकेयर हस्पिटलमा विगत पाँच वर्षदेखी सञ्चालनमा रहेकाे अत्याधुनिक एंव सुविधा सम्पन्न क्याथ ल्याबमा मुटुकाे एनजिओप्लाष्टी,एनजिओग्राफी,मुटुमा स्टेन (जाली) र पेस मेकर राख्ने,घुडाँ र कुहिनाकाे जाेर्नी प्रत्याराेपण सेवापनि उपलब्ध छ।

 

मधेस प्रदेशकै अनुभवी र दक्ष चिकित्सकहरु कार्यरत रहेकाे वीरगन्ज हेल्थ केयर हस्पिटलमा स्वास्थ्य बीमा र आमा सुरक्षा कार्यक्रम पनि लागू छ।सर्वसुलभ दरमा ओैषधि उपलब्ध गराउने आफ्नै फार्मेसीपनि सञ्चालनमा छ।यस्तै मधेस प्रदेशमै एक मात्र हेलिप्याड सेवापनि उपलब्ध छ।

यसका साथै विपन्न नागरिकको लागी स्थानीय तहबाट सिफारिस भएका मुटु रोग, हेड इन्ज्यूरी र स्पाइनल इन्जूरी भएका बिरामीकाे उपचारमा १ लाख रुपैयाँ छुट दिने नेपाल सरकारकाे कार्यक्रमपनि लागु रहेकाे अध्यक्ष अन्सारीले जानकारी दिए।

मधेस प्रदेशमै उत्कृष्ट सेवा दिएकाे भन्दै २०८० सालमा सामाजिक सुरक्षा काेषले वीरगन्ज हेल्थ केयर हस्पिटललाई सम्मानित गरेकाे थियाे।

Related posts

पहिलाे पटक ठाेरी पुगेका मुख्यमन्त्री सिंहले भने : पर्यटन प्रबर्द्धन र पूर्वाधार निर्माणका लागि सरकारले काम गर्छ

MadhesKhabar

प्रह्रलाद गिरी माथि कारबाही गर्न जनार्दन क्षेत्रीको माग

MadhesKhabar

पर्साका ९ वटा पालिकाले अझै पनि ल्याएनन् बजेट

MadhesKhabar

Leave a Comment