Madhes Khabar
समाचार

मध्य नेपालको वार्षिकोत्सवमा मधेसका पत्रकार झा,यादव र भण्डारीलाई पुरस्कृत गरिने

वीरगन्ज,२१साउन:वीरगन्जबाट प्रकाशीत हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने भएको छ ।

 

मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले मधेसमा क्रियाशील भएर पत्रकारिता गरिरहेका तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

 

बैठकले उत्कृष्ट महिला पत्रकारिता पुरस्कार जनकपुरकी पत्रकार मोनिका झालाई दिने निर्णय गरेको मध्य नेपालकी सम्पादक कबिता खड्काले बताइन्।अन्नपूर्ण पोस्ट दैनिक पत्रिकाकी मधेस ब्यूरो प्रमुख झालाई १५ हजार राशीको पुरस्कारले सम्मानित गरिने खड्काले बताइन्।यसैगरी मध्य नेपाल पत्रिकामा ‘खोजी जवाफदेहिताको’का स्तम्भकार शिवनाथ प्रसाद यादव र गीता भण्डारीलाई पनि पुरस्कार दिने निर्णय गरिएको छ । दुबै जनालाई जनही ११ हजार १ सय धनराशिको पुरस्कारले सम्मान गर्ने निर्णय गरिएको खड्काले जानकारी गराइन् ।

 

यादवले समाजमा देखिएका बेथितिका विरुद्ध र भण्डारीले सामाजिक मुद्दामा विगत १० वर्षदेखि अनवरत मध्य नेपालमा कलम चलाउँदै आएका छिन् ।तीनै जनालाई यही भदौं १२ गते आयोजना हुने वार्षिकोत्सव समाराेहमा सम्मानित गरिने सम्पादक खड्काले जानकारी दिइन् ।

Related posts

क्रिकेटर आसिफ शेखमाथि बलात्कारको आराेप, तर प्रहरीले लिएन उजुरी

MadhesKhabar

जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

लिपुलेक विवादमा भारतको कडा प्रतिक्रिया : नेपालको दाबी ‘ऐतिहासिक तथ्यविहीन’ भन्दै पुरानै अडान दोहोर्‍यायो

MadhesKhabar

Leave a Comment