काठमाडौं,२०साउनःजनता समाजवादी पार्टी नेपालको सप्तरी जिल्ला अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा यादव निर्वाचित भएका हुन् ।निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतको अन्तरले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन्।
सोमबार राजविराजमा भएको निर्वाचनमा अध्यक्ष पदका लागि ५ सय ४ मत खसेकोमा २ सय ३५ मतका साथ केदार यादव जसपा नेपालको जिल्ला अध्यक्षमा निर्वाचित हुन्। उनका निकटतम प्रतिस्पर्धी उमेश यादवले भने २ सय ५ मतमात्रै पाए ।
यसैगरी जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतकाो अन्तरले पछि पार्दै उपाध्यक्षमा जीत हात पारेका हुन् । यसैगरि जिल्ला सचिवमा निरज मुक्ति, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव तथा कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन्।

