Madhes Khabar
शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं,१९साउन: कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार साँझ सार्वजनिक नतिजा अनुसार देशभरबाट कूल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परक्षिा बोर्डले जनाएको छ ।त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्। त्यस्तै ५५ हजार ८९६ जनाले ३.२१ देखि ३.६० जीपीए, २.८ देखि ३.२१ सम्म ल्याउने ९४ हजार २६८ जना, २.४१ देखि २.८ ल्याउने ६९ हजार ८१२ जना, २.२१ देखि २.४० ल्याउने ८ हजार ९६४ जना र त्यसमुनि २३ जना ग्रेडेड भएको शर्माले जानकारी दिए। त्यस्तै १ लाख ५३ हजार ८८२ जना ननग्रेडेड भएका छन्।

बोर्डका अनुसार यस वर्ष नियमति ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए। सहभागी कूल ५ लाख १० हजार ९८७ मध्ये नियमिततर्फ २ लाख ४२ हजार ४६५ र आंशिकतर्फ ४१ हजार ८४० जना विद्यार्थी ग्रेडेड भएका हुन्। ननग्रेडेड विद्यार्थीहरूका लागि भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने बोर्डले जनाएको छ। त्यस्तै १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

Related posts

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

MadhesKhabar

एसईई : पर्सामा केन्द्राध्यक्षसहित ५ जना पक्राउ

MadhesKhabar

शैक्षिक सुधारका लागि सरकारी विधालयमा स्वंयसेवक शिक्षक भर्ना गर्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment