Madhes Khabar
स्थानिय हेडलाइन

घण्टाघर चोकमा फलफुलका बिरुवाहरु निःशुल्क बाँड्दै वीरगन्ज महानगर

वीरगन्ज,१९साउनःवीरगन्ज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत फलफुलका विरुवाहरु निःशुल्क वितरण गर्ने भएकोे छ ।यसअघि केहि दिन महानगरपालिकाको कृषि शाखाले ७५ प्रतिशत अनुदनमा अर्थात बजारमा पर्ने मूल्यको एक तिहाई मूल्यमा फलफुलको विरुवा वितरण गरेकोमा अब निःशुल्क वितरण गर्न लागिएको छ ।

आगामी बुधबार साउन २१ गतेका दिन वीरगन्जको घण्टाघर चोकमा आँप,लिच्ची,कागती,अनार,अम्बा र बेल प्रजातिका विरुवा वितरण गर्न लागिएको महानगरपालिकाको कृषि शाखाकी प्रमुख रोशनीले यादवले जानकारी दिइन् ।

वातावरणीय सन्तुलन कायम राख्न र हरियाली प्रवद्र्धन गर्न योगदान पुगोस् भन्ने उद्देश्यले “एक घर, एक बिरुवा” अभियानलाई समेत जोड दिदैं फलफुलको विरुवा वितरण गर्न थालिएको उनले बताइन् ।

यसपालि महानगरपालिकाको कृषि शाखाले पाँच वटै फलफुलका करिब ४ हजार ५०० वटा विरुवा वितरण गर्ने लक्ष्य राखेको भन्दै उनले बुधबारका दिन बिहान ७ बजेदेखि घण्टाघर चोकबाट बिरुवा वितरण गरिने भएकाले इच्छुक नगरबासीले त्यसदिन घण्टाघर चोकमा आएर बिरुवा लिन सक्ने उनले बताइन् । घरका कौशी र गमलामा समेत रोप्न सकिने खालका विरुवाहरुपनि रहेको उनले बताइन्।

Related posts

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

MadhesKhabar

वीरगन्ज आएका कांग्रेस महामन्त्री गगन थापाले भने : हैजाको भ्याक्सिन लगाउन सक्दो पहल गर्छु

MadhesKhabar

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

MadhesKhabar

Leave a Comment