Madhes Khabar
स्थानिय

जनकपुरको संघीय प्रहरी इकाई कार्यालय वीरगन्जमा सारियो

वीरगन्ज,१७साउनःजनकपुरमा रहेको नेपाल प्रहरीको युनिट संघीय प्रहरी इकाई कार्यालय वीरगन्जमा सरेको छ ।वीरगन्जस्थित मधेस प्रदेश विपत् व्यवस्थापन गुल्म वीरगन्जको कार्यालयमा संघीय प्रहरी इकाई कार्यालय सरेको बरिष्ठ प्रहरी नायब निरीक्षक मुक्तिनारायण यादवले जानकारी दिए ।

उनका अनुसार वीरगन्जको मधेस प्रदेश विपत् व्यवस्थापन गुल्म जनकपुरमा सरेको र जनकपुरको संघीय प्रहरी इकाई कार्यालय वीरगन्जमा सरेको हो । गत सातादेखि संघीय प्रहरी इकाई कार्यालय जनकपुरबाट कार्यालयका विभिन्न समाग्री वीरगन्ज ओसार्ने काम भइरहेको छ। यस्तै संघीय प्रहरी मातहतका प्रहरीहरु पनि आउने क्रम जारी रहेको छ ।

कार्यालय वीरगन्जमा सार्न व्यवस्थापन गर्ने सामाग्री र प्रहरीहरु वीरगन्ज कार्यालयमा आउने क्रम जारी रहेको उनले बताए । कार्यालय सरेपनी कार्यालय व्यवस्थापनको काम भइरहेकाले अबो तीन दिनपछि कार्यालय पुर्ण रूपमा संचालनमा आइसक्ने बरिष्ठ प्रहरी नायब निरीक्षक यादवले बताए ।

कार्यालय व्यवस्थापनका लागि संघीय प्रहरी इकाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)शान्तिराज कोइराला शुक्रबार वीरगन्ज आइसकेका छन्। अहिले उनकै प्रत्यक्ष निगरानीमा संघीय प्रहरी इकाइ कार्यालयको व्यवस्थापनको काम भइरहेको अवस्था छ । संघीय प्रहरी इकाई कार्यालयले प्रदेश भरीका जिल्लाका अपराध अनुसन्धानसहित आफ्नो मातहतमा पर्ने विभिन्न कार्यहरु सिधै प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ गर्नेछ ।

प्रहरीका अनुसार केन्द्रको प्रत्यक्ष नियन्त्रणमा रहने गरी संघीय प्रहरी इकाइ कार्यालय सबै प्रदेशमा रहेको छ ।नेपाल प्रहरीका अनुसार देशको विभिन्न भौगोलिक परिवेशअनुसार अवस्थित प्रहरी इकाइहरुको कार्य संचालनमा परि आउने कठिनाइ तथा अवरोधहरुको निराकरण गरी सरल एवं सुलभ प्रणाली विकसित गरी प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न विभाग र इकाईहरुको गठन भएको छ ।साभारःनयाँपत्रिका

Related posts

वीरगन्जको मेयरमा दलबदलु दुइ उम्मेदवार बिच नै मुख्य भिडन्त

MadhesKhabar

तस्करी गरि ल्याइएको साढे चार लाखको ७४ कार्टुन भारतीय चक्लेट वीरगन्जबाट बरामद

MadhesKhabar

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

Leave a Comment