Madhes Khabar
समाचार

बारामा ठूलो परिमाणमा ब्राउनसुगर सहित अन्सारी पक्राउ

वीरगन्ज,१५साउनःबारामा ठूलो परिमाणमा लागू औषध ब्राउन सुगर(खैरो हेरोइन) सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँपालिका वडा नम्बर १ घोडासनहका २२ वर्षीय अजमुल हक अन्सारी रहेका छन् । उनको साथबाट ब्राउन सुगर १४७ ग्राम १८० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित अन्सारीलाई बाराको फेटा गाँउपालिका वडा नम्बर १ भलुहीबाट पक्राउ गरेको हो ।

बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, कलैयाबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका अन्सारीलाई शंका लागेर प्रहरीले उनको शरिर खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकको पुडियामा लुकाएर राखिएको १४७ ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा अन्सारीलाई बुधबार अपरान्ह पक्राउ गरिएको पण्डितले बताए ।

ब्राउन सुगरसहित पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।

 

Related posts

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

पर्सामा घुस मागेकाे आराेपमा वरिष्ठ सईसहित तीन जना प्रहरी निलम्बित

MadhesKhabar

वीरगन्जमा पनि मनाइयो पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती

MadhesKhabar

Leave a Comment