Madhes Khabar
शिक्षा

वीरगन्ज–३० को विद्यालयमा रोट्रयाक्ट क्लबले बनाइ दियो शौचालय,विद्यार्थीलाई स्कूल ब्याग पनि वितरण

वीरगन्ज,११साउनः वीरगन्ज महानागरपालिका वडा नम्बर ३० परसोतीपुरमा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित शौचालयको आइतबार उद्घाटन गरिएको छ ।रोट्रयाक्ट क्लब अफ वीरगन्जले विद्यार्थीहरुका लागि ६ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको शौचालयको आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

विद्यालयमा यसअघि रहेको शौचालय जीर्ण भइसकेका कारण विद्यार्थीहरुलाई समस्या भएपछि आफ्नो आग्रहमा रोट्रयाक्ट क्लब अफ वीरगन्जले नयाँ शौचालय निर्माण गरिदिएको वीरगन्ज–३० का वडाध्यक्ष मनोजकुमार यादवले बताए ।

आइतबार उक्त विद्यालयमै अध्ययनरत छात्र–छात्राहरुलाई स्कूल ब्यागपनि वितरण गरिएको छ ।कार्यक्रममा मेयर सिंहले रोट्रयाक्ट क्लब अफ वीरगन्जको तर्फबाट १ सय ५० जना विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् ।

रोट्रयाक्ट क्लब अफ वीरगन्जका अध्क्ष विवेक कुमार पटेलको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, वडाध्यक्ष यादव,विद्यालयका प्रधानाध्यापक भुष्ण चौबे, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्र कुमार यादव लगायतकाकोपनि सहभागिता थियो ।

मेयर सिंहले वीरगन्ज.–३० लालपर्सामा स्थित स्वास्थ्य चौकी परिसरमा निर्माणधिन प्रसूती केन्द्र (बर्थिङ सेन्टर) को स्थलगत निरीक्षणपनि गरेको वडाध्यक्ष यादवले जानकारी दिए ।

 

Related posts

वीरगन्जका सामुदायिक विद्यालयमा थप ३ दिन विदा, संस्थागत विद्यालय आइतबारदेखि खुल्ने

MadhesKhabar

सिमरा कलेजमा प्रदर्शन गर्ने ठाकुरराम क्याम्पसका ७ विधार्थी नेता प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जसहित देशभरका निजी विद्यालयको थप आन्दोलन : अनिश्चितकालीन बन्दसम्मको घोषणा

MadhesKhabar

Leave a Comment