Madhes Khabar
शिक्षा

राउन्ड टेबलद्वारा निर्मित कक्षाकोठाको जसपाका सचेतक यादवले गरे उद्घाटन

वीरगन्ज,१२असाेज: वीरगन्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनास्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा राउन्ड टेबल नेपालले निर्माण गरेको कक्षा कोठाको जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले उद्घाटन गरेका छन् ।

राउन्ड टेबल नेपालले राउन्ड टेबल नेपाल – ३ सँगको सहकार्यमा निर्माण गरेको कक्षा कोठाको पूर्व मन्त्री समेत रहेका यादवले शुक्रवार उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चताको कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले युवाहरूको संस्था राउन्ड टेबल नेपालले समाज प्रतिको आफ्नो दायित्वलाई बुझ्दै निरन्तर गर्दै आइरहेको परोपकारी कामको प्रशंसा गरे । शिक्षामा लगानी गरेर राउन्ड टेबल नेपालले देशको भविष्य निर्माणमा योगदान गरिरहेको बताउँदै अन्य सङ्घ संस्थाहरूले पनि उनीहरूबाट प्रेरणा लिनुपर्ने बताए ।

युवा उद्यमीहरू मिलेर बनेको संस्थाले गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गर्दै उनले नेपाल सरकारले पनि राउन्ड टेबल नेपाल जस्तो संस्थाका विशेष सम्मान गर्नुपर्ने बताए । यसका लागि आफूले सरकारसँग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

“फ्रीडम थ्रु एजुकेसन” कार्यक्रम मार्फत ३० लाख रुपैयाँको लागतमा राउन्ड टेबल नेपाल – ३ ले स्कूलमा २ वटा कक्षाको कोठा निर्माण गरेको हाे। एउटा कोठामा कम्तीमा पनि ५० जना विद्यार्थी अटाउने क्षमता रहेको संस्थाका अध्यक्ष अङ्कुर भंगरले जानकारी दिए ।

भंगरकै अध्यक्षतामा भएको कार्यक्रममा राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष राहुल अग्रवाल, वीरगन्ज – २१ का वडाध्यक्ष राधा कृष्ण साह रौनियार, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा, जनता समाजवादी पार्टी नेपालका युवा नेता सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

राउन्ड टेबल नेपालले यसअघि पनि  वीरगन्जलगायत पर्सा, बारा, रौतहट लगायत तराई – मधेसका जिल्लाहरूमा स्कूल निर्माणदेखि छात्रवृत्ति, पठनपाठन लगायत स्कूलका लागि आवश्यक सामग्रीहरू वितरण गर्दै आएको छ।

Related posts

विद्यार्थीलाई स्वराेजगार बनाउन बिपिसीमा ‘मेड इन वीरगन्ज’ सुरु

MadhesKhabar

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन

MadhesKhabar

वीरगन्जका सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

MadhesKhabar

Leave a Comment