Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाका हुदैं एक वर्षमा २२ अर्बको धान,चामल र मकै विदेशबाट नेपालमा आयात

वीरगन्ज,१०साउन : वीरगन्ज भन्सार नाका हुदैं एक वर्षमा २२ अर्ब रुपैयाँ बढीको धान,चामलसहितका खाद्यान्न नेपाल भित्रिएको छ ।गत आर्थिक वर्ष २०८१/८२ मा भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुदै २२ अर्ब ३७ करोड रुपैयाँ मुल्यको धान,चामल,मकैं,कोदो,फापर र कनिका नेपालमा आयात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ३३ करोड रुपैयाँ बढी मूल्यको खाद्यान्न वीरगन्ज नाका हुदैं भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।उसका अनुसार, अघिल्लो आर्थिक वर्षमा वीरगन्ज नाका हुदैं १६ अर्ब ४ करोड रुपैयाँ मूल्यको धान,चामल,मकैं,कोदो,फापर र कनिका नेपाल भित्रिएको थियो ।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुदैं अघिल्लो आर्थिक वर्षको भन्दा ३९ दमशलव ४६ प्रतिशत बढीले अर्थात ६ अर्ब ३३ करोड बढी मूल्यको खाद्यान्न आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा खाद्यान्नमा सबै भन्दा बढी १२ अर्ब ७२ करोड मूल्यको ३ लाख १३ हजार ८६९ मेट्रिक टन धान आयात भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ५३ प्रतिशतले बढी धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब २९ करोड मूल्यको २ लाख ८ हजार ९४२ मेट्रिक टन धान आयात भएको थियो ।

यस्तै गत आर्थिक वर्षमै वीरगन्ज नाका हुदैं ६ अर्ब ७३ करोड रुपैयाँ मूल्यको १ लाख ३९ हजार ६५९ मेट्रिक टन मकै आयात भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा २० प्रतिशत बढी मकै आयात भएको हो । अघिल्लो आर्थिक वर्षमा वीरगन्ज नाका हुदैं ५ अर्ब ५९ करोड मूल्य बरबारको १ लाख २९ हजार ९१८ मेट्रिक टन मकै आयात भएको थियो ।

यस्तै गत आर्थिक वर्षमा वीरगन्ज नाका हुदैं चामलको आयातपनि ४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा २ अर्ब ४१ करोड रुपैयाँ मूल्यको २४ हजार ८१३ मेट्रिक टन चामल आयात भएको भएको हो । अघिल्लो आर्थिक वर्षमा भने १ अर्ब ७३ करोड रुपैयाँ मूल्यको १३ हजार २४१ मेट्रिक टन चामल आयात भएको थियो ।

यसैगरि गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ मूल्यको ९ हजार १९२ मेट्रिक टन कोदो र फापर आयात भएको छ ।गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ११ प्रतिशत बढी कोदो र फापर आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यो नाका हुदैं ४३ करोड रुपैयाँ मूल्यको ८ हजार ४९५ मेट्रिक टन कोदो र फापर आयात भएको थियो ।

यस्तै गत आर्थिक वर्षमा वीरगन्ज भन्सार नाका हुदैं ४ करोड रुपैयाँ मूल्यको ८ सय ४७ मेट्रिक टन कनिका पनि नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा हुने उत्पादनले नपुग्ने भएपछि भारत , रसीया , टर्की , भियतनाम , ब्राजिल , अर्जेन्टिना ,चीन , क्यानाडा अष्ट्रेलिया , थाइल्याण्ड , जापान लगायतका मुलुकबाट वीरगन्ज नाका हुदै वर्षेनी अर्बौ ढ मुल्यको धान , चामल , मकै,कोदो,फापर लगायतका खाद्यान्न नेपाल आयात हुने गरेको छ ।

वीरगन्ज पथलैया र वीरगन्ज पोखरीया औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नजन्य उद्योगहरुले नै भारत तथा तेश्रो मुलुकबाट खाद्यान्न आयात गर्दै आएका छन् ।यहाँका उद्योगहरुका लागि खाद्यान्नजन्य कच्चा पदार्थ स्वदेशी उत्पादनले नपुगेकै कारण विदेशबाट आयात गर्नु पर्ने बाध्यता रहेको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बताए ।

 

Related posts

पर्साको मुड्लीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा तालाबन्दी

MadhesKhabar

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

वीरगन्जसहितका नाका हुदैं ११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

MadhesKhabar

Leave a Comment