Madhes Khabar
मधेस प्रदेश हेडलाइन

स्वतन्त्रबाट चुनाव जितेका पर्साका प्रदेश सांसद जयसवाल एमाले प्रवेश गरेर मन्त्री पड्काउन सफल

वीरगन्ज,१०चैत :पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित प्रमोद जयसवाल नेकपा एमालेमा प्रवेश गरेर प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री बनेका छन् ।

शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेको मन्त्रिमण्डल विस्तारमा जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको शथप लिएका हुन् ।शनिबार जयसवालसंगै एमालेका चारजनाले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा शपथ लिएका हुन्। यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। यस्तै मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मधेस प्रदेशको शिक्षमन्त्री बनेका जयसवाल, गत निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्रबाट ७ हजार ३९० मतका साथ निर्वाचित भएका थिए । त्यसअघि जसपामा रहेका जयसवाललाई पार्टीले टिकट नदिएपछि उनी काउली चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका थिए । सखुवा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष एंव जसपा नेता प्रददीप् जयसवालका सहोदर दाजु समेत रहेका जयसवाल चुनाव जितेपछि जसपामा प्रवेश गरेको समाचार प्रकाशित भएको थियो ।तर अहिले आएर उनी एमालेमा प्रवेश गरेर मन्त्री पद पड्काउन सफल भएका हुन् ।

 

Related posts

जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

MadhesKhabar

मधेस सरकारबाट एमालेले पनि समर्थन फिर्ता लियो,अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने

MadhesKhabar

तेस्रो लिङ्गीको भेष धारण गरेर लागू औषधको तस्करी गर्ने युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment