वीरगन्ज,९साउन:वीरगस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच सवारी दुर्घटनामा परेर घाइते हुने यातायात मजदुर र व्यवसायीहरुकाे उपचारमा छुट व्यवस्था गर्न बिरामी उपचार शुल्कमा छुट दिने सम्बन्धमा सम्झौत भएको छ।
शुक्रबार भएको दुईपक्षीय सम्झाैतामा नेशनल मेडिकल कलेजले व्यसायी महासंघबाट सिफारिस भई आउने बिरामीहरूलाई प्राथमिकताका साथ स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र आकस्मिक अवस्थामा तुरुन्त उपचार सुरू गर्ने उल्लेख छ।सम्झौतामा ३ लाख रुपैयाँसम्मको उपचार खर्च सम्बन्धित स्थानीय संघ/संस्थाले व्यहोर्ने र त्याेभन्दा बढी हुने उपचार खर्च महासंघले बेहोर्ने सहमति गरिएको छ। बीमा दावी प्रक्रियामा आवश्यक सम्पूर्ण कागजात भने अस्पतालले उपलब्ध गराउने पनि उल्लेख छ।
दुवै पक्षले ३ वर्षको लागि यो सम्झौता गरेका हुन्।सम्झौता अन्तर्गत देशभरका विभिन्न १८ वटा यातायात व्यवसायी संघहरू नारायणी यातायात व्यवसायी संघ हेटौडा,वाणगंगा यातायात व्यवसायी समिति कपिलबस्तु ,तराई यातायात व्यवसायी संघ सिमरा बारा,पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवल
५. मध्यपश्चिमाञ्चल ट्रक टेक्टर व्यवसायी संघ सुर्खेत,ट्रक यातायात व्यवसायी संघ नेपाल काठमाडौ,राप्ती अंचल सयक्त ट्रक व्य.समिति दाङ कोशी ट्रक व्यवसायी संघ ईटहरी,लुम्बीनी ट्रक व्यवसायी संघ भैरहवा,भेरी अंचल ट्रक ट्याङ्गर व्यवसायी समिति नेपालगन्ज,विराटनगर ट्रक व्यवसायी संघ,गण्डकी ट्रक यातायात व्यवासयी संघ पोखरा ,सर्लाही ट्रक व्यवसायी संघ हरिवन,सेती महाकाली ट्रक व्यवसायी संघ सेती, लुम्बिनी साना मझौला ढुवानी व्यवसायी संघ, लुम्बिनी,संयूक्त परिवहन व्यवसायी समिति धरान,बाग्मती टिपर व्यवसायी संघ बनेपा र नेपाल ट्रक कन्टेनर व्यवसायी संघ लोकन्थली
समावेश छन्।
सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका तर्फबाट प्रदीप कुमार चोधरी र नेपाल ट्रक यातायात व्यवसायी महासंघको तर्फबाट ओम कृष्ण कार्की ले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा मेडिकल कलेजका बजार प्रबन्धक जीतेश दास,प्रशासन प्रमुख विश्वनाथ कान्त, तराई यातायात व्यवसायी संघका महासचिव अर्जुन प्रसाद अधिकारी, मदनराज कंसकार,मेडिकल कलेजका मीडिया संयोजक आशिक अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।

