Madhes Khabar
समाचार

बारा : स्याउकाे कार्टुनमा लुकाएर लागूओैषधकाे तस्करी,दुई जना पक्राउ

बारा,६साउन:बारामा प्रहरीले ठअंलाे परिमाणमा लागूओैषधसहित दुई जनालाई पक्राउ गरेको छ।सिम्रौनगढ नगरपालिका–९ पिठवा नजिकै भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउँदै गरेका दुई जना युवा पक्राउ परेका हुन्। उनीहरूका साथबाट प्रहरीले ४ हजार ८ सय एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।

 

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–१ धुर्वा टोल निवासी २० वर्षीय राजेश गुप्ता र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ खड्का टोल निवासी २४ वर्षीय नसिर अन्सारी रहेका छन् ।

 

प्रहरीका अनुसार उनीहरू ज ८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार भई आउँदै थिए। प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सवार अन्सारीले बिचमा बोकेको स्याउको दुई वटा कार्टुनभित्र लुकाइ छिपाइ ल्याइएको अवस्थामा लागू औषध बरामद गरेकाे हाे।

 

बरामद लागू औषधमा नोर्फिन १६०० पिस,फेनारगन १६०० पिस र डाइजोपाम १६०० पिस रहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Related posts

वीरगन्जमा तस्करीको ११३ वटा कछुवा सहित टेमानी पक्राउ

MadhesKhabar

वीरगन्जमा वृक्षारोपण गरेर मनाइयो निजामती सेवा दिवस

MadhesKhabar

वीरगंजमा नमुना मतदान सम्पन्न

MadhesKhabar

Leave a Comment