Madhes Khabar
समाचार

वीरगन्जमा वृक्षारोपण गरेर मनाइयो निजामती सेवा दिवस

वीरगन्ज,२२भदौंःवीरगन्जमापनि शनिबार २१ औं निजामती सेवा दिवस वृक्षारोपण तथा चियापान कार्यक्रम गरेर मनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वृक्षारोपण तथा चियापान कार्यक्रम गरेर निजामति सेवा दिवस मनाइएको हो ।

निजमति सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयको प्रांगणमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको नेपाल निजामति कर्मचारी युनियन मधेस प्रदेशका सचिव गौरीशंकर गुप्ताले जानकारी दिए । उनका अनुसार, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिरूवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रमुख जिल्ला अधिकारी भुसालकै अध्यक्षतामा भएको कार्यक्रममा ,सहायक प्रमुख जिल्ला अधिकारी उतम कुमार घिमिरे,निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष अशोक रौनियार,वीरगञ्ज भन्सार कार्यालयका प्रशासन प्रमुख विनयकुमार श्रीवास्तव,बाल सुधार गृह वीरगन्जका अमृत अधिकारी, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका सचिव राकेश अग्रवाल,सदस्य रतन टेमानी लगायतकोपनि सहभागीता थियाो ।

Related posts

भ्रष्टाचारविरुद्ध अझैं कठोर हुन्छौं, कसैको धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

MadhesKhabar

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

MadhesKhabar

करेन्ट लागेर ससुरा बुहारी सहित ३ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment