Madhes Khabar
समाज

रुंगटा वेलफेयर सोसाइटीद्वारा वीरगन्जको रक्त सञ्चार केन्द्रलाई एसी प्रदान

वीरगन्ज,३साउनःवीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र वीरगन्जलाई रुंगटा वेलफेयर सोसाइटीले एक थान एसी प्रदान गरेको छ । शनिबार रुंगटा वेलफेयर सोसँयटीका संस्थापक एंव समाजसेवी मुरलीधर रुंगटाले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेललाई एसी हस्तान्तरण गरेका हुन् ।

त्यसअवसरमा रुंगटाले समाज सेवामा निरन्तर सक्रिय रहँदै स्वास्थ्य सेवामा सुधारका लागि सहकार्य गर्न रुंगटा वेलफेयर सोसाइटी सधैं तत्पर रहेको बताए ।साथै उनले रक्तदान जस्तो महान् कार्यमा सहभागी हुन वीरगन्जबाासीलाई आग्रहपनि गरे ।

रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति पटेलले गर्मीको मौसममा रक्तदान गर्न केन्द्रमा आउने दाताहरूलाई सहज र स्वास्थ्यकर वातावरण प्रदान गर्नु अत्यावश्यक रहेको बताए । सोसाइटीले प्रदान गरेको एसी केन्द्रमा जडान गरिने । यसले केन्द्रले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार गर्न मद्दत पु¥याउने उनले बताए ।

एसी हस्तान्तरण कायृक्रममा समाजसेवी नारायण रुंगटा,वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, मधु राणा,इब्राहिम देवान लगायतकाकोपनि उपस्थिति थियो । केहिदिन पहिले वीरगन्ज–३ का वडाध्यक्ष स्वर्णकारलेपनि रक्त सञ्चार केन्द्र वीरगन्जलाई एक थान एसी प्रदान गरेका थिए ।

Related posts

रेडियो वीरगन्जको वार्षिकोत्सवमा ऐतिहासिक रक्तदान कार्यक्रम: २७ महिलासहित २०८ जनाले गरे रगत दान

MadhesKhabar

पर्सा–बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ हजार १२७ जनाले गरे रगत दान

MadhesKhabar

घोडपसरा टोलमा सुशील कानुको घरदैलोले , शिक्षा–स्वास्थ्य र रोजगारी बने मुख्य मुद्दा

MadhesKhabar

Leave a Comment