Madhes Khabar
कृषि

असार बितेर साउन सुरु भइसक्दा पनि पर्सामा ७५ प्रतिशत मात्रै धान रोपाइँ

वीरगन्ज,३साउनःपर्सा जिल्लामा असार मसान्तसम्ममा ७५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले जिल्लाको उत्तरी तथा पश्चिमी भेगमा राम्रो रोपाइँ भएको बताए।

उत्तर–पश्चिमी भेगमा कुलो, गण्डक नहरको पानी तथा थोरबहुत परेको मनसुनी वर्षाका कारण अधिकांश किसानले रोपाइँ गर्न भ्याएका छन्। उत्तरी र पश्चिमी भेगको तुलनामा दक्षिणी भेगमा रोपाइँ कम भएको उनले बताए।

गण्डक नहरको पानीको पहुँच भएका स्थान, निजी बोरिङबाट सिँचाइ तथा दुई साता अघि परेको वर्षाका कारण केही किसानले रोपाइँ गर्न भ्याएका थिए। त्यसयता पानी कम परेकाले अधिकांशको धानबाली सुक्दै गएको उनले बताए।

एक साता यता दिन बिराएर थोरै भए पनि वर्षा भएपछि किसानलाई केही राहत पुगेको पनि उनले बताए। गण्डक नहरदेखि दक्षिणमा रहेका पालिकाहरूमा भने रोपाइँ कम भएको उनले जानकारी दिए।

मधेस प्रदेशलााई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेस प्रदेश सरकारले पिडित किसानलाई राहत दिने विषयमा भने आफू अनभिज्ञ रहेको बताउँदै उनले भने, ‘जनकपुरमा यस सम्बन्धमा केही काम हुँदैछ भनी सुनेको छु, तर यस सम्बन्धमा के कति प्रगति भएको छ मलाई थाहा छैन।’

उनका अनुसार, जिल्ला सदरमुकाम वीरगन्जका ग्रामीण भेगमा पनि रोपाइँ कम भएको छ। जिल्लाको प्रमुख बाली धान हो। अधिकांश किसानको धानको बेर्ना तयार रहेको छ, तर खेतमा रोपाइँका लागि पर्याप्त पानी नभएकाले उनीहरूले रोपाइँ गर्न पाएका छैनन्। जिल्लाको प्रायः सबै पालिकामा धान खेती हुने गर्छ।शंकर आचार्य/इकान्तिपुर

Related posts

मधेसमा भगवानसंग पानी माग्ने अनौंठो चलन : महिलाहरुले सांसदलाई पक्राउ गरेर हली बनाए

MadhesKhabar

वीरगन्जमा सरकारले किसानसंग किन्यो ४ करोडको धान

MadhesKhabar

बढ्याे किसानले बिक्री गर्ने धानकाे मूल्य

MadhesKhabar

Leave a Comment