वीरगन्ज,३साउनःपर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एमजेएफ झण्डै १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न र दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
शनिबार वीरगन्जबाट ठोरीस्थित आश्रममै पुगेर लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एमजेएफको टोलीले पिठो १ क्वीन्टल ,चामल २ क्वीन्टल , दाल २५ केजी,आलु ५० केजी,प्याज ५० केजी, च्युरा २५ केजी, भुजा २५ केजी,खानेतेल दुई कार्टुनका साथै बिस्कुट,हर्लिक्स,मसला,साबुन,सेनेटरी प्याड,डाइपर,मुख धुने ब्रस, दन्तमञ्जन लगायतका सामान सहयोग गरेको हो ।
क्लबका अध्यक्ष विनोख खण्डेलवाल नेतृत्वको टोलीले १ लाख ५० हजार रुपैयाँ बराबरका ती सामग्री आश्रमका अध्यक्ष एंव संरक्षक आशबहादुर गुरुङलाई प्रदान गरेको क्लबका सचिव रोशन गुप्ताले जानकारी दिए ।
त्यसअवसरमा सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी पशुपति विक्रम शाह, उषा साह, लायन्स क्लबका देवकीनन्दन अग्रवाल,अंकीता कुमारी, विना देवी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।
उक्त आश्रममा हाल अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी १७ जना बस्दै आएका छन् । उक्त बृद्धा आश्रममा वीरगन्जको परोपकारी संस्था उपकार सेवा नेपाललेपनि हरेक महिना खाद्यन्न सामग्री सहयोग गर्दै आइरहेको छ ।

