Madhes Khabar
राजनीति

कांग्रेस क्षेत्रीय सभापति गुप्ता पार्टीबाट निष्काशित,तर गुप्ता भन्छन् : मबाट डराएकाहरु नाटक गर्दैछन्

वीरगन्ज,२५असारःनेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसको केन्द्रिय अनुसाशन समितिले गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गरेको हो ।

२०७९ को निर्वाचनमा पार्टीका अधिकारी उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई गुप्ताले असहयोग गरेको भन्दै परेको उजुरीका आधारमा समितिले सोधेको स्पष्टीकरणमा गुप्ताले दिएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले उनलाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरिएको छ–समितिका संयोजक एंव पार्टीका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले कांग्रेस मधेस प्रदेश समितिलाई बुधबार लेखेर पठाएको पत्रमा उल्लेख छ ।

संयोजक ढुंगानाले समितिको असार १७ गते बसेको बैठकले उपलब्ध प्रमाणका आधारमा नेपाली काँग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) तथा उपधारा ८ (ङ) बमोजिम गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरेको जनाएका छन् ।

कांग्रेसको केन्द्रिय अनुशासन समितिले पार्टीबाट निष्काशन गरिएको भनिएका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का स्थायीबासी गुप्ता, कांग्रेस पार्टीमा वरिष्ठ नेता डा. शेखर कोइराला निकट मानिन्छन् ।

गुप्ताले कांग्रेसको आसन्न १५ औं महाधिवेशनका लागि पर्सा क्षेत्र नम्बर १ मा कृयाशील सदस्यतामा कब्जा गर्ने नियतले आँफुमाथि संस्थापन पक्षले कारबाही गरेको बताए । पर्सा क्षेत्र नम्बर १ मा शेखर कोइराला पक्ष बलियो रहेकोले त्यसबाट डराएर संस्थापन पक्षले आँफुमाथि आधारहिन आरोप लगाएर कारबाहीको नाटक मञ्चन गरेको उनको आरोप छ ।

अनुशासन समितिका संयोजक ढुंगानाले समितिका बहुमत सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्दाका बाबजुदपनि आफ्नो मनपरी ढंगले निर्णय गरेकाले उक्त निर्णय केन्द्रिय कार्य समितिमा अनुमोदनका लागि पठाउन नसकेको जानकारी आँफुले पाएको गुप्ताले बताए । केन्द्रिय कार्यसमितिबाट अनुमोदन नै नभएको निर्णय समितिका संयोजक ढुंगानाले मधेस प्रदेशसमितिलाई सिफारिस गर्नु पार्टीको विधानको ठाडो उल्लंघन भएको गुप्ताको भनाई छ ।

गुप्ताले भने,‘ मैले २०७९ को चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप सरासर गलत हो । किनकी त्यसबेला पर्सा–१ मा पार्टीले गठबन्धन गरेका दलका उम्मेदवार (प्रतिनिधीसभा सदस्य) लाई १११७ मत मात्रै किन आयो ? के म मात्रै दोषी हो ? अनि पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवारलाई ६२१५ मत कसरी आयो ? के त्यसमापनि म दोषी हो त ? यसको जवाफ छ कोहि संग ? ममाथिको कारबाही पुर्वाग्रही सोचले ग्रसीत छ, पार्टीको विधान सम्वतपनि छैन ।’

आँफुमाथि आरोप लगाएर यसअघि अनुशासन समितिले २०८० साल असार ३० गतेसम्मका लागिमात्रै निलम्बित गरेको बताउँदै गुप्ताले त्यसपछि पार्टीका महामन्त्री गगन थापाले २०८० साउन ३२ गते एक पत्र नै पठाएर पार्टीको गतिविधी सञ्चालनको जिम्मेवारी दिएपनि पर्सामा संस्थापन पक्षका नेताहरुले आँफुलाई काम गर्न नदिएको दाबी गरे ।

Related posts

वीरगन्ज–१० का जसपा अध्यक्ष साहले पनि छाडे पार्टी

MadhesKhabar

मधेस प्रदेश प्रमुख मिश्र पदमुक्त,भण्डारीकाे नाम सिफारिस

MadhesKhabar

देशलाई अब नयाँ सोच र नयाँ नेतृत्व चाहिएको छ :रास्वपा उम्मेदवार कानु

MadhesKhabar

Leave a Comment