Madhes Khabar
समाचार

बारा : नन्दुको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई थुनामा राख्न अदालतको आदेश

बारा,२४असारःबाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ स्थित बघवन गाउँका नन्दु राउत कुर्मीको हत्या मुद्दामा बारा जिल्ला अदालतले पाँच जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बारा जिल्ला अदालतका मुख्य जिल्ला न्यायधीश कोमलप्रसाद आचार्यको इजलासले उक्त आदेश गरेको हो ।बघवनकै उमेश प्रसाद कुर्मी लगायतले कुटपिट गरी नन्दुको हत्या गरेको आरोप छ ।

सामूहिक कुटपिट गरी हत्या गरिएको घटनामा मृतक नन्दुका छोरा दीपेन्द्र पटेलले उमेश प्रसाद जयसवाल, उनकी पत्नी दिगम्बर साह कलवार र मुख्य अभियुक्त उमेशका तीनजना छोरालाई आरोपित बनाउंदै जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । सरकारी वकिलको कार्यालय बाराले प्रहरीको मिसिल अध्ययन गर्दै अनुसन्धान पछि पाँचजना माथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा यही असार २० गते अदालतमा अभियोजन पत्र दर्ता गरेको थियो ।

उक्त मुद्दामा सोमबार थुनछेक बहसका क्रममा पक्राउ परेका ५ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बारा जिल्ला अदालतले जनाएको छ ।यो मुद्दामा मृतकको तर्फबाट सरकारी वकिलको कार्यालयबाट सहायक जिल्ला न्याधिवक्ता खडगबहादुर बस्नेत र अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले बहस गरेका थिए भने आरोपितहरुका तर्फबाट अधिवक्ता सुमनप्रसाद साहले बहस पैरबी गरेका थिए ।

पुरानै रिसइबीको कारण उमेशसहितका आरोपितहरुले गत जेठ २९ गते साँझ ७ बजे नन्दुले बघवन चोकस्थित राइस मिलमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दै बेहोस बनाएका थिए । त्यसपछि उनलाई उपचारको क्रममा कलैया प्रादेशिक अस्पताल लग्दाा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । शवको शल्य परीक्षण कलैया अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा सम्भव नभएपछि विधि विज्ञान प्रयोगशाला त्रिवि शिक्षण अस्पताल काठमाडौंमा गरिएको थियो ।

Related posts

वीरगन्जमा ८७८ एम्पुल लागूऔषधसहित दुई भारतीय महिला पक्राउ

MadhesKhabar

प्रधानन्यायाधीश राणालाई निवासमै नजरबन्द

MadhesKhabar

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

Leave a Comment