Madhes Khabar
समाचार

देशभरका यातायात कार्यालयहरुमा सवारी चालक लाइसेन्ससँग सम्बन्धित सबै सेवाहरू बन्द

काठमाडौं,२०असारःयातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले देशभरका सबै कार्यालयमा सेवा बन्द गरिएको जनाएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

समस्या समाधानका काम भइरहेको जनाउँदै विभागले अर्को सूचना प्रकाशन नहुँदासम्म सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा हाललाई बन्द रहने उल्लेख गरेको छ ।

Related posts

नगवामा फेरि भेटियो एक युवकको शव

MadhesKhabar

मानव बेचबिखन मुद्धामा पर्साका एसपी मिश्रको सकृयता : होटल, लज र नाकाबाट १३७ को उद्धार

MadhesKhabar

पर्साका एसपी पाठकले इन्स्पेक्टरहरुसंग १ वर्षका लागि गरे `कार्य सम्पादन सम्झौता´

MadhesKhabar

Leave a Comment