Madhes Khabar
अर्थतन्‍त्र

नेपाली युवा उद्यमी मञ्च वीरगन्जको अध्यक्षमा शाह सर्वसम्मत चयन

वीरगन्ज,१४असारः नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगन्जको अध्यक्षमा विश्वास प्रताप शाह चयन भएका छन् । शुक्रबार वीरगन्जमा सम्पन्न एनवाइईएफ वीरगन्ज शाखाको पाँचौँ वार्षिक साधारण सभाबाट अध्यक्षमा शाह सर्वसम्मत चयन भएका हुन् । शाह यसअघि प्रथम उपाध्यक्ष थिए ।

एनवाइईएफ वीरगन्जको प्रथम उपध्यक्षमा चन्दन सिंह र द्वितीय उपाध्यक्षमा मोहित गुप्ता चयन भएका छन् ।यस्तै कार्यकारिणी सदस्यहरूमा हिमांशु बर्णवाल, सुरज रुंगटा, हितेश जोशी, राधा हमाल, ऋषि साह, दिपल खन्ना, मनीषा श्रेष्ठ, सौरभ केयाल र अक्षय गुप्ता चयन भएका छन् ।

एनवाइईएफ वीरगन्जका निवर्तमानन अध्यक्ष पंकज अग्रवालको अध्यक्षतामा भएको साधारण सभामा विगत एक वर्षभरिका गतिविधिहरूको समीक्षा, वित्तीय प्रतिवेदन प्रस्तुति, तथा आगामी वर्षका योजनाहरूबारे विस्तृत छलफलपनि गरिएको थियो ।

Related posts

सुनकाे भाउ बढेर ताेलाकाे १ लाख १३ हजार रुपैयाँ पुग्याे

MadhesKhabar

उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्

MadhesKhabar

सिमेन्टको मूल्य दोब्बरले बढेपछि बारा–पर्सामा निर्माण कार्य प्रभावित

MadhesKhabar

Leave a Comment