वीरगन्ज,१४असारःवीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा शुक्रबार दिउँसो ट्याक्टर पल्टिएर दुर्घटना हुदाँ दुइ किशोरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बगही गाँउकै पन्ना पटेलका छोरा अन्दाजी १६/१७ वर्षका आकाश पटेल र राजेश पटेलका छोरा अन्दाजी १६/१७ वर्षका गोलु पटेल रहेका छन् । दुर्घटनामा वीरगन्ज–२८ मै पर्ने इनर्वा गाँउका अन्दाजी १८/१९ वर्षका जयकुमार मण्डल घाइते भएका छन् ।
वडाध्यक्ष सुर्युग महतो धानुकका अनुसार, भेडाहा खोलाबाट माटो लिएर बगगी गाँउको खेतर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रबार दिउँसो २ बजेतिर अनिन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको हो । आँफै अनिन्त्रित भइ खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र उनिसंगै सवार रहेका गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिए । घाइते जयकुमारको भने उपचार भइरहेको उनले बताए ।
दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले मृतक दुवै किशोर शव मुचुल्का उठाएर पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा उपठाएको तथा घटना बारे अनुसन्धान गरिरहेको भट्टले जानकारी दिए ।

